केपी ओली प्रचण्ड माधव नेपाल एमाले


कलेजो कसरी खराबी हन्छ ? जानी राख्नुस कलेजोलाई खराबी हुनबाट बचाउने तरीका

सहयात्रा टिभी

काठमाण्डौं । भदौ–२०, कलेजो मानव शरिरको अत्यन्तै संवेदनशील र महत्वपूर्ण अंग हो । कलेजोले पाचन क्रियामा सघाउनेदेखि शरीरका विषालु पदार्थलाई अलग गर्ने सम्मको काम गर्छ । कलेजो खराब भयो भने हामी जीवनको कल्पना सम्म पनि गर्न सक्दैनौँ । कलेजोको मुख्य काम पाचन नलिबाट आउने रगतलाई शुद्ध गरेर पुरै शरीरमा संचार गराउनु हो । रगतलाई शक्तिमा बदल्ने काम पनि कलेजोले नै गर्छ । हामी जुन औषधी सेवन गर्छौ, त्यसलाई पनि टुक्राएर शरीरमा संचार गराउने काम कलेजोले नै गर्छ ।

कलेजोले भोजनमा पनि सबै पोषकतत्व जस्तै भिटामिन, मिनरल्स एन्टिअक्सिडेन्ट्स आदीलाई अलग अलग गर्छ र शरीरको आवश्यकता अनुसार यसलाई अलग अलग अंगमा पुर्याउँछ ।

हाम्रो शरिरको महत्वपूर्ण अंग कलेजो खराबी हुनु भनेको निकै खतरनाक अवस्था हो । कलेजोको खराबी हाम्रै लापरवाहिले गर्दा हुने गर्छ । कलेजो ७०–८० प्रतिशत बिग्रिदासम्म पनि कतिपय अवस्थामा कलेजो रोगको कुनै पनि लक्षण वा समस्या नदेखिन पनि सक्छ । त्यसैले कलेजोको सुरक्षामा विशेष ध्यान दिनु आवश्यक हुन्छ ।

कलेजो खराबी हुने कारणहरु यसप्रकार छन् ।

१) धेरै गुलियो खानेकुरा कलेजोको लागी हानिकारक हुन्छ । कलेजोले गुलियो पदार्थ एवं चिनीलाई बोसोमा बदल्ने काम गर्छ । शरिरमा आवश्यकता भन्दा बढि गुलियो पदार्थ भएमा अतिरिक्त वोसो कलेजोमा जम्मा भइ कलेजोमा खराबी हुन सक्छ ।

२) मदिरा पदार्थको सेवन गर्नु कलेजोका लागी अत्यन्तै हानिकारक हुन्छ । मदिराले कलेजोमा विषाक्त पदार्थ जम्मा गराउँछ, फलस्वरुप कलेजोमा खराबी देखिन सक्छ ।

३) कोक, फ्यान्टा जस्ता पेयमा कृतिम चिनी र रंग प्रयोग गरिएको हुन्छ । यसले गर्दा कलेजोमा बोसो जम्छ । रंगको रसायनले कलेजोलाई नोक्सान पुर्‍याउँछ ।

४) बर्गर, स्यान्डविच जस्ता जंकफुडको सेवनले पनि कलेजोको कार्यक्षमतामा ह्रास ल्याउँछ ।

५) लामो समय सम्म निरन्तर पेनकिलर तथा पारासिटामोलको प्रयोग गरिरहेमा पनि कलेजोमा साइड इफेक्ट हुन्छ ।

६) निन्द्रा नपुग्नु अर्थात कम समय सुत्नु पनि कलेजो खराबी हुने एक कारण हो । कम सुत्दा कलेजोले बोसोको प्रक्रिया पूर्ण रुपले गर्न पाउँदैन, परिणामत उक्त बोसो कलेजोमा जम्मा हुन्छ ।

७) धुम्रपान पनि कलेजोको एक सत्रु हो । चुरोटमा टक्सिक केमिकल हुन्छ, जो कलेजोमा पुगेर यसको सेल्सलाई नष्ट गर्छ र कलेजो खराब हुन पुग्छ ।

८) चिल्लो, मसलेदार खाना खाने बानिले पनि कलेजोमा खराबी निम्त्याउन सक्छ ।

९) धुलो र धुँवा भएको ठाउँमा लामो समय काम गर्नाले अर्थात बस्नाले पनि कलेजो खराबी हुन सक्छ ।

कलेजो खराबी मानविय व्यवहार र खानपानको लापरबाहिले गर्दा नै हुन्छ । समयमा नै बुद्धि पु¥याएर खानपानमा विचार गर्नाले र अन्य आदत अर्थात बानिहरुमा पनि ध्यान दिनाले कलेजोको समस्याबाट बच्न सकिन्छ ।

कलेजोको सुरक्षाको निम्ति धुम्रपानको सेवन नगर्ने, मध्यपानबाट अलग रहेन, गुलियो, चिल्लो र मसलेदार खानामा कमि गर्ने, धुलो धुँवाबाट बच्ने, पेनकिलर लगायतका औषधीहरुको प्रयोग जथाभावि नगर्ने जस्ता कार्यहरुमा विचार पु¥याउन सकिन्छ ।

कलेजोको स्वास्थको निम्ति निम्न खानेकुराहरुमा ध्यान दिन सकिन्छ
ओखर

कलेजो स्वास्थ्य राख्न ओखरको प्रयोग गर्न सकिन्छ । ओखरमा ओमेगा ३ फ्याटी एसिड हुन्छ, जसले कलेजोमा जम्मा भएको टक्सिनलाई सफा गर्छ ।

बेसार

बेसार पनि कलेजो स्वास्थ्य राख्न मद्यत गर्ने एक तत्व हो । बेसारमा करक्यूमिन हुन्छ, जसले कलेजोको प्रणालीलाई सहि राख्न मद्दत गर्छ ।

लसुन

लसुनमा सेलेनियम हुन्छ, जसले कलेजोमा रहेको हानिकारक टक्सिन सफा गर्न सघाउँछ ।

दालचिनी, चुकन्दर

दालचिनीमा ग्लूकोज हुन्छ, जो कलेजोलाई स्वस्थ्य राख्न आवश्यक हुन्छ । त्यसैगरि चुकन्दरमा बिटा क्यारोटिन हुन्छ, जसले कलेजोलाई स्वस्थ्य राख्छ ।

अदुवा, बन्दागोभी

अदुवामा एन्टि इन्फ्लेमेटरी र एन्टिमाइक्रोवियल गुण हुन्छ, जसले कलेजोलाई सुन्निन दिदैन । बन्दामा रहेको सल्फरले कलेजोको फोहोर हटाउन सहयोग गर्छ ।

प्रकाशित : 5 September, 2018

प्रतिक्रिया दिनुहोस्