केपी ओली प्रचण्ड माधव नेपाल एमाले


नेपालले चीनका सबै बन्दरगाह प्रयोग गर्न पाउने सहमति

सहयात्रा टिभी

काठमाण्डौं । भदौ–२२, नेपालले चीनका सबै बन्दरगाह प्रयोग गर्न पाउने भएको छ । नेपाल र चीनबीच पारवहन तथा यातायात सम्झौताको कार्यविधि (प्रोटोकल)लाई अन्तिम रुप दिँदै चीनका सबै बन्दरगाह प्रयोग गर्न पाउने समझदारी बनेको हो।

दुवै देशका सरकारी अधिकारीबीच बिहीबार मध्यरातमा सम्झौता भएको हो । सम्झौताअनुसार अब नेपालले तेस्रो मुलुकबाट चीन हुँदै नेपालमा वस्तु आयात गर्दा प्रयोग हुने त्यान्जिन, सेन्जेन, लियान्योन्गङ, झ्यान्यिङ लगायतका खुला सामुन्द्रिक र ल्यान्झाउ, ल्हासा, सिगात्से लगायतका सुक्खा बन्दरगाह उपयोग गर्न पाउने भएको हो।

मन्त्रालयका अनुसार प्रोटोकलमा नेपालका तर्फबाट उद्योग मन्त्रालयका सहसचिव रवि शङ्कर सैँजु र चीनका तर्फबाट यातायात विभागका महानिर्देशक वाङ सिपिङले हस्ताक्षर गरेका छन्।

प्रोटोकल टुंगो लागेसँगै नेपाल र चीनबीच दुई वर्षअघि भएको पारवहन सम्झौता कार्यान्वयनको बाटो खुलेको छ। छिमेकी भारतको नाकाबन्दी लगत्तै भएको प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका समयमा पारवहन सम्झौता भएको थियो।

प्रकाशित : 7 September, 2018

प्रतिक्रिया दिनुहोस्