केपी ओली प्रचण्ड माधव नेपाल एमाले


डा. भोला रिजाल ओम अस्पताल छाडेर एनएमसीतिर

सहयात्रा टिभी

काठमाण्डौं । भदौ–२२, वरिष्ठ स्त्री तथा प्रसुति रोग विशेषज्ञ डाक्टर भोला रिजाल ओम अस्पताल छाडेर नेपाल मेडिकल कलेज शिक्षण अस्पताल (एनएमसी) अत्तरखेलमा जोडिएका छन् । ओम अस्पतालको व्यवस्थापनको नेतृत्वमा चलचित्र निर्माता तथा गोपीकृष्ण हलका मालिक उद्धव पौडेल प्रवेश गरेसँगै रिजाल उक्त अस्पताल छाडेर एनएमसी अत्तरखेलमा जोडिन पुगेका हुन् ।

आगामी सोमबारदेखि हप्ताको ६ दिन रिजालले शिक्षण अस्पताल जोरपाटीबाट नियमित स्वास्थ्य सेवा दिने भएका छन् । रिजालले आफ्ना नियमित सेवाग्राहीलाई नेपाल मेडिकल कलेजमै आउन आग्रह गरेका छन् । नेपाल मेडिकल कलेज जोरपाटीमा रिजालले दिउसो १ देखि ४ बजेसम्म बिरामी हेर्ने तालिका बनाइएको छ । ।

गरिब तथा विपन्न नागरिकलाई सस्तो र गुणस्तरीय स्वास्थ्य सेवाका लागि पुरा समय अब नेपाल मेडिकल कलेजबाट दिने जानकारी रिजालले दिएका छन् । ‘मैले आफ्नो सेवालाई एनएमसीबाट नियमित गर्ने निर्णय लिएको छु’, sahayatratv संगको कुराकानीमा डा.रिजालले भने, ‘यसबाट बिरामीमा पर्न गएको केही असुविधाप्रति क्षमा चाहान्छु ।’

ओम अस्पताल तथा अनुसन्धान केन्द्र स्त्री तथा प्रसुति रोगको उपचारमा ख्याती कमाएको अस्पताल हो । यसले टेष्ट ट्युब बच्चाको सेवा सुरू गरेपछि झन् बढी चर्चित बनेको थियो। यो अस्पताल र यहाँ टेस्ट ट्यूब बेबीको सुरूवात रिजालकै नेतृत्वमा भएको थियो ।

प्रकाशित : 7 September, 2018

प्रतिक्रिया दिनुहोस्