केपी ओली प्रचण्ड माधव नेपाल एमाले


घुस लिँदै गर्दा रङ्गेहात समातिए इन्स्पेक्टर

सहयात्रा टिभी

काठमाण्डौं । भदौ–२५, ३० हजार घुस लिएको आरोपमा एकजना इन्स्पेक्टर अख्तियारको फन्दामा परेका छन् । पक्राउ परेका व्यक्तिलाई अनुसन्धान नै नगरी छाडिदिने भन्दै इलाका प्रहरी कार्यालय मैनापोखर बर्दियाका कार्यालय प्रमुखसमेत रहेका इन्स्पेक्टर गणेशसिंह महताले घुस लिँदैगर्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको हो ।

इन्स्पेक्टर महताले पक्राउ परेका एक व्यक्तिलाई छाडिदिने आश्वासन दिई ३० हजार रुपैयाँ घुस लिँदैगर्दा आइतबार साँझ अख्तियारले पक्राउ गरेको हो । इन्स्पेक्टर महताले स्थानीय मध्यस्थकर्ता मैयाँ पौडेलमार्फत् पक्राउ परेका व्यक्तिलाई अनुसन्धान नै नगरी छाडिदिने शर्तमा उक्त रकम घुसवापत मागेका थिए ।

प्रहरीले नै घुस मागेको भन्दै यसबारेको उजुरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेपछि आयोगको कार्यालय नेपालगञ्जबाट गएको टोलीले इन्स्पेक्टर महतासहित मध्यस्थकर्ता पौडेललाई समेत नियन्त्रणमा लिइएको अख्तियारले जनाएको छ ।

प्रकाशित : 10 September, 2018

प्रतिक्रिया दिनुहोस्