केपी ओली प्रचण्ड माधव नेपाल एमाले


भुइँकटहरका फाइदाहरु, जानिराख्नुस् कस्ले कस्ले खानु हुँदैन् !!

सहयात्रा टिभी

काठमाण्डौं । भदौ–२५, भुइँकटहर एक स्वादिष्ट र स्वास्थ्यवर्धक फल हो । भुइँकटहरमा प¥याप्त मात्रामा पोषक तत्व पाइन्छ । यसमा ब्रोमिलेन, प्रोटिन, कार्बोहाइड्रेट, चिनी र फाइबर पाइन्छ भने भिटामिनमा ए, सी, बिटा क्यारोटिन, थियामिन, बी ५, बी ६ र फोलेट पाइन्छ । यस्तै, खनिज तत्वमा पोटासियम, कपर, म्यागनिज, क्याल्सियम, सोडियम र म्याग्नेसियम पाइन्छ ।

 

भुइँकटहर खानुका फाइदाहरुलाई निम्नानुसार हेर्न सकिन्छ :

घाउ चाँडो निको पार्न

भुइँकटहरमा भिटामिन सी उच्च मात्रामा पाइने हुनाले यसले घाउ तथा चोटपटक चाँडो निको पार्न मद्दत गर्छ र संक्रमणको प्रतिरक्षा गर्छ । यसले रक्त धमनीका भित्ता, छाला, अंगहरु तथा हड्डीका लागि आवश्यक एक प्रकारको प्रोटिन ‘कोलाजेन’ निर्माणमा प्रमुख भूमिका खेल्छ।

–खोकी र रुघाका लागी उपयोगी

यो ब्रोमिलेन र भिटामिन सीको स्रोत भएकाले श्वासप्रश्वास सम्बन्धी समस्यालाई हटाउन र शरीरबाट अनावश्यक खकारजन्य पदार्थ सफा गर्न यसले मद्यत गर्छ ।

पाचन प्रणाली मजबुत पार्छ

नियमित भुइँकटहरको सेवनले कब्जियत, पखाला, एथेरोस्केलोसिस, रगत जम्ने समस्या र उच्च रक्तचाप समाधानमा सहयोग पु¥याउँछ । यो फाइबरको राम्रो स्रोत भएकाले पनि पाचन प्रणालीलाई दुरुस्त बनाउँछ र ग्यास्ट्रिक हुन दिँदैन ।

–क्यान्सर रोकथाम

एन्टिअक्सिडेन्टका साथै भिटामिन ए, बिटा क्यारोटिन, ब्रोमिलेन, फ्लाभोनोइड्स र म्यागनिज पाइने भएकाले भुइँकटहरले मुख, घाँटी तथा स्तन क्यान्सर लाग्नबाट जोगाउँछ ।

रोगप्रतिरोधी क्षमतामा वृद्धि

भुइँकटहर भिटामिन सीको राम्रो स्रोत हो । यसले शरीरमा रोग लाग्न दिँदैन र श्वेत रक्तकोषका गतिविधिमा वृद्धि गरी रोग प्रतिरोधी क्षमता बढाउँछ ।

हड्डी मजबुत पार्छ

भुइँकटहरमा म्यागनिज तत्व यथेष्ट परिमाणमा पाइन्छ । यो तत्वले हड्डीलाई मजबुत पार्नुका साथै हड्डीको वृद्धि र मर्मतमा महत्वपूर्ण भूमिका निर्वाह गर्छ । एउटा भुइँकटहरबाट शरीरलाई दैनिक चाहिने खनिज तत्वको ७० प्रतिशत हिस्सा प्राप्त गर्न सकिन्छ।

भुइँकटहर मधुमेह नियन्त्रण गर्न, दृष्टि सुधार, रक्तचाप नियमित गर्न, मिर्गौलाको पत्थरी निकाल्न, मुखको स्वास्थ्यमा उपयोगी, प्रजनन क्षमतामा वृद्धि गर्न लगायत अन्य स्वास्थ्यका दृष्टिले यसको फाइदा धेरै नै रहेको छ ।
तर भुइँकटहरको प्रयोग गर्दा सावधानि अपनाउनु पर्ने हुन्छ । यसको बढि सेवन भएमा वा नपचेमा पखाला लाग्ने, बान्ता हुने हुन सक्छ । त्यसैगरि छालामा दाग देखिने, मुख र गाला सुन्निने, टाउको दुख्ने, रिँगाटा लाग्ने जस्ता समस्याहरु पनि देखा पर्न सक्छन् । मधुमेहका बिरामीले क्यानमा राखिएको जुस सेवन गर्नु हुँदैन् । त्यसमा बढी मात्रामा चिनीको प्रयोग गरिएको हुन्छ ।
गर्भवती महिलाले धेरै भुइँकटहर खानाले गर्भपतन हुने खतरा हुन्छ ।
यसमा पोटासियम पाइने भएकाले मिर्गौलाका बिरामीले खाँदा ख्याल पुर्‍याउनुपर्छ ।

प्रकाशित : 10 September, 2018

प्रतिक्रिया दिनुहोस्