केपी ओली प्रचण्ड माधव नेपाल एमाले


प्रधानन्यायाधीशमा ओमप्रकाश मिश्रको नाम अनुमोदन

सहयात्रा टिभी

काठमाण्डौं । भदौ–२५, संसदीय सुनुवाई विशेष समितिले प्रस्तावित प्रधानन्यायाधीश ओमप्रकाश मिश्रको नाम अनुमोदन गरेको छ । सोमबार बसेको संसदीय विशेष सुनुवाइ समितिको बैठकले मिश्रको नाम सर्वसम्मत अनुमोदन गरेको हो।

समितिका अध्यक्ष लक्ष्मणलाल कर्णले मिश्रको अनुभव, योग्यता र अदालतको भावी कार्ययोजनाबारे समितिमा उनले दिएको जवाफ चित्तबुझ्दो रहेको र उनलाई समितिले सर्वसम्मत गरेको बताए।

संवैधानिक परिषद्को सिफारिस संसदीय समितिले अनुमोदन गरेपछि राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ।

प्रकाशित : 10 September, 2018

प्रतिक्रिया दिनुहोस्