केपी ओली प्रचण्ड माधव नेपाल एमाले


के पेट गडबडी हुन्छ ? ख्याल राख्नुस् अनेक रोगको भण्डार हुन सक्छ

सहयात्रा टिभी

काठमाण्डौं । भदौ–२६, पेट नै त्यो भाग हो, जहाँ हामीले खाएका खानेकुरा भण्डारण हुन्छ । जब पेट खराब छ भने, खाएको खानेकुरा पचाउन सकिदैन । खानेकुरा राम्ररी पचेन भने शरीरलाई आवश्यक पोषक तत्वको अभाव हुन्छ । कमजोर पाचन तन्त्रको कारण खानेकुरा पचाउनमा मात्र समस्या हुने होइन, शरीरको प्रतिरोधी प्रणाली पनि गडबड हुन्छ । यसले गर्दा शरीरमा विषाक्त पदार्थ बढ्छ र शरीर अनियमित हुनपुग्छ ।

शारीरिक रुपले सक्रिय नहुनु, नियमित समयमा खाना नखानु, मोटोपन, गर्भावस्थामा पेटमा समस्या देखापर्न सक्छ । साथै मसलेदार खानेकुरा, जुस, सस, अमिलो फल, लसुन, गोलभेडा आधि अधिक मात्रामा सेवन गर्दा पनि यो समस्या देखिन्छ ।

धुमपानको सेवन, तनावको अवस्था स्क्लेरोडर्माका साथ केही यस्तै औषधी एस्प्रिन, निन्द्राको औषधी, पेन किलर आदिको सेवनले पनि पेटमा अनेक समस्या देखा पर्न सक्छ ।

पेट खराब भएमा कब्जियत हुने , पेट फुल्ने जस्ता समस्याहरु पनि देखा पर्छन् । कब्जियतले शरीरमा अन्य रोगहरु पनि पैदा गर्छ । ठूलो आन्द्राबाट मल निकाल्नमा कठिनाइ हुनु नै कब्जियत हुनु हो । यो समस्या जटिल बन्दै गएपछि ठूलो आन्द्रामा अवरोध पुर्‍याउँछ, जुन निकै घातक हुनसक्छ ।कब्जियत एक लक्षण हो, जसको केही कारण हुनसक्छ । जस्तो खानपानको गलत बानी, हर्मोन सम्बन्धी गडबडी, कुनै औषधीको साइड इफेक्ट आदि ।

पेट फुल्नुको केही कारण हुनसक्छ । ग्याष्ट्रिक, आन्द्राको क्यान्सर, हर्निया । त्यसैले यो पनि एक गम्भिर समस्या हो ।
त्यसैले पेट सम्बन्धि समस्यालाई सामान्य समस्या मात्र सम्झनु हुँदैन् । खानपान लगायतका विषयमा राम्ररी ध्यान दिएर पेट सफा र स्वाच्छ राखी आफु पनि निरोगी हुने प्रयास गर्नु पर्छ । लामो समयसम्म पनि पेटको दुखाई ठिक नभएमा, दिशामा रगत देखिएमा, आन्द्राको देखभालमा धेरै खर्च भएमा, पेट धेरै फुलेमा भने चिकित्सकसँग परामर्श गर्नैपर्छ ।

प्रकाशित : 11 September, 2018

प्रतिक्रिया दिनुहोस्