केपी ओली प्रचण्ड माधव नेपाल एमाले


मन्त्रीको जवाफ दिने प्रतिबद्धतापछि संसद पुन : सुरू

सहयात्रा टिभी

काठमाण्डौं । भदौ–२८, निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा सम्बन्धित मन्त्रीले जवाफ दिने सरकारको प्रतिबद्धतापछि संसद बैठक पुन स् सुरू भएको छ।

कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्याको विरोधमा प्रमुख विपक्षी दल नेपाली कांग्रेसले संसद बैठक अवरुद्ध गरेको थिए । कांग्रेसको अवरोधका कारण संसद बैठक केहि समय स्थगित भएको थियो।

दोस्रो बैठकमा कानूनमन्त्री भानुभक्त ढकालले शुक्रबारको बैठकमा सम्बन्धित मन्त्रीले जवाफ दिने प्रतिबद्धता व्यक्त गरेका छन् ।

प्रकाशित : 13 September, 2018

प्रतिक्रिया दिनुहोस्