केपी ओली प्रचण्ड माधव नेपाल एमाले


जंक फुड खानुहुन्छ ? थाहा पाउनुस् यसले मस्तिष्कमा पु¥याउने असर

सहयात्रा टिभी

काठमाण्डौं । भदौ–२८, आजभोलि जंक फुड केटाकेटि देखि युवा वर्गहरुमा समेत निकै रुचाइने खानेकुरा हो । छिटो र मिठोका लागी सबैको रोजाइमा जंक फुड नै पर्ने गर्छ । तर जंक फुडले स्वास्थ्यमा कस्तो असर पु¥याउँछ भन्ने विषयमा भने हामी कसैले पनि गम्भिर भएर सोचेको पाइन्दैन । सोचेर यसको असर थाहा पाएपनि व्यवहारमा लागु गरि यसको प्रयोग गर्न छाडेको अर्थात प्रयोग कम गरेको पान्दैन् ।

यसको साइड इफेक्ट भयानक छ । त्यसैपनि तयारी वा प्याकेजिङ गरिएका यस्ता जंक फुडमा थोरै पोषकतत्व हुन्छन् ।यस्ता खानेकुरामा धेरै क्यालोरी फ्याट र सुगर हुन्छ तर फाइबर, प्रोटिन, भिटामिन्स र मिनरल्स भने कम हुन्छ । धेरै मात्रामा जंक फुडको सेवन गर्नाले मोटोपना हुने खतरा बढ्छ ।जति धेरै जंक फुडको सेवन गरिन्छ त्यसले शरीरमा पोषक तत्वको मात्रा त्यति नै कम हुँदै जान्छ ।
जंक फुडले शारीरिक रुपमा त निकै हानि नोक्सानि गर्छ नै यसले मानविय मस्तिष्कमा समेत नकारात्मक असर पु¥याउँछ ।

जंक फुडले मस्तिष्कमा पु¥याउने नकारात्मक असरहरु यसरी हेर्न सकिन्छ

स्मरण सम्बन्धि समस्या

उच्च मात्रामा सुगर र फ्याट युक्त भोजनको सेवन गर्नाले पेप्टाइड भनिने दिमागको एक्टिभिटी कम हुन्छ । यो एक्टिभिटिले कुनै कुरा स्मरण गर्न मद्धत गर्छ ।

यसको साथै मस्तिस्कमा सिनेप्सिस हुन्छ जसले स्मरणशक्ति र अरु कुराहरु ध्यान राख्न मद्धत गर्छ । धेरै मात्रामा क्यालोरीको सेवन गर्नाले सिनेप्सिसको उत्पादनमा बाधा उत्पन्न हुन थाल्छ ।

डिप्रेशनको खतरा

जब बढि मात्रामा जंक फुडको सेवन गरिन्छ त्यस समय सुगर र फ्याटयुक्त भोजन गर्नाले दिमागमा केमिकल एक्टिभिटीमा परिवर्तन आउँछ । त्यस समय जंक फुडको सेवन बन्द गर्नाले तनाव र डिप्रेशन महशुस हुन पुग्छ । त्यसबाट बच्न पुन हामी जंक फुडको सेवन गर्न थाल्छौँ । जंक फुड धेरै खानाले शरीरमा एमिनो एसिड जस्ता पोषक तत्व कम हुन्छन् जसको कारण डिप्रेशन बढ्छ । शरीरमा असन्तुलित फ्याटी एसिडको कारणले पनि डिप्रेशनको खतरा बढ्छ ।

भोक नियन्त्रण गर्ने क्षमता कम गर्छ

जंक फुडको सेवन गर्नाले मस्तिस्कलाई संकेत मिल्छ जसको कारणले जसको कारणले भोक कति बेला लाग्यो के खाएँ भन्ने कुरा नै याद नहुन सक्छ । मस्तिस्कको स्वस्थ कार्य सम्पादनको लागि दैनिक फ्याटी एसिड जस्तै ओमेगा ६ र ओमेगा ३ को आवश्कता हुन्छ । यी चीजहरुको कमी हुनाले मस्तिस्कसंग सम्बन्धित समस्याहरु हुन्छ ।

धैर्यताको कमी

दैनिक दुनोट वा यस्तै केही गुलियो खाना खानाले ब्लड सुगर लेभल बढ्छ जसले सुरुमा खुसी महसुस गराइ सन्तुष्टि मिल्छ । तर, केही समय पछि यसले चिडचिडापन महसुस गराउँछ ।जंक फुडमा कार्बोहाइड्रेट धेरै हुन्छ जसको कारण रगतमा ब्लड सुगर लेभलमा परिवर्तन भइरहन्छ । यदि सुगर लेभल कम भएमा चिन्ता र थकानको समस्या हुन्छ । जंक फुडको लत लागेमा हरेक समय केही खाने इच्छा हुन्छ ।

प्रकाशित : 13 September, 2018

प्रतिक्रिया दिनुहोस्