केपी ओली प्रचण्ड माधव नेपाल एमाले


नेपालको शान्ति प्रक्रिया विश्वकै लागि नयाँ नमूना : अध्यक्ष प्रचण्ड

सहयात्रा टिभी

काठमाण्डौं । भदौ–२८, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालको शान्ति प्रक्रिया विश्वकै लागि नयाँ नमूना भएको बताएका छन् ।नेपालको शान्ति प्रक्रिया ‘मोडल’ बारे अध्ययन गर्न काठमाडौँ आएको अफगानिस्तानको उच्च शान्ति परिषद्को प्रतिनिधिमण्डलसँग आज भएको भेटमा उनले नेपालले शान्ति प्रक्रिया सम्पन्न गरेर विश्वलाई सकारात्मक सन्देश दिएको बताएका हुन् ।

अध्यक्ष दाहालले नेपालको शान्ति प्रक्रियाबाट जनताले गणतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षता, समानुपातिक, समावेशीजस्ता उपलब्धि प्राप्त गरेको बताए ।

भेटका क्रममा उच्च शान्ति परिषद्की उपप्रमुख एवं पूर्वमन्त्री डा हबिबा साराबीले अफगानिस्तानमा शान्ति प्रक्रिया अघि बढेको जानकारी दिँदै नेपालको शान्ति प्रक्रियाबाट सिक्न आफूहरु नेपाल भ्रमणमा आएको बताएकी थिइन् ।

उनले नेपालको शान्ति प्रक्रिया विश्वकै लागि उदाहरणीय भएको भन्दै त्यसबाट सिक्न आफूहरु इच्छुक रहेको समेत बताइन ।

प्रकाशित : 13 September, 2018

प्रतिक्रिया दिनुहोस्