केपी ओली प्रचण्ड माधव नेपाल एमाले


निर्मला बलात्कार-हत्याका दोषी छिटै कानुनी कठघरामा आउँछन् : गृहमन्त्री थापा

सहयात्रा टिभी

काठमाण्डौं । भदौ–२९, कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार र हत्यामा संलग्नहरू छिटै कानुनको कठघरामा आउने गृहमन्त्री रामबहादुर थापाले बताएका छन् । शुक्रबार राष्ट्रिय सभाका सदस्यहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री थापाले निर्मला हत्याकाण्डको अनुसन्धानमा सरकार गम्भीरताका साथ लागिरहेको बताएका हुन् ।

भदौ ७ गते गृह मन्त्रालयले गठन गरेको उच्चस्तरीय छानबिन समितिले यस घटनामा संलग्न को हुन र अनुसन्धानको क्रममा कसले लापरबाही गरे भन्ने अनुसन्धान गरिरहेको उनले बताए।उनले यसअघि आफूले प्रहरीले पक्राउ गरेका दीलिपसिंह बिष्ट नै दोषी हुन भनेर नभनेको जिकिर गरे।

गृहमन्त्रीले प्रहरी हिरासतमा रहेका बेला मृत्यु भएका बाँकेका राममनोहर यादवको मृत्यु चोटपटकले नभई रोगले भएको पोष्टमर्टम रिपोर्ट आएको बताए। हिरासतमा रहेका यादव एक्कासी बिरामी भएपछि सुरूमा बर्दिया जिल्ला अस्पताल त्यसपछि भेरी अञ्चल अस्पताल र मेडिकल कलेज कोहलपुरमा लिइएको थापाले बताए।

प्रकाशित : 14 September, 2018

प्रतिक्रिया दिनुहोस्