केपी ओली प्रचण्ड माधव नेपाल एमाले


के खानामा गाँजरको प्रयोग गर्नुहुन्छ ? जानिराख्नुस् यसका फाइदाहरु

सहयात्रा टिभी

काठमाण्डौं । भदौ–२९, गाँजर संसार भरि नै बढि प्रयोग गरिने र बढि मन पराइने जरामा फल्ने फल हो। यसलाई फलाउन सजिलो र विभिन्न प्रकारका खानाहरूमा प्रयोग गर्न सकिने भएकोले नै अधिकांशले मन पराउने गर्दछन्। गाँजर नेपालीमाझ लोकप्रिय छ । यो जति लोकप्रिय छ, स्वास्थ्यका लागि उति नै लाभदायी पनि छ ।

यसलाई काँच्चै, पकाएर, अचार बनाएर पनि खान सकिन्छ । गाँजरले कोलेस्ट्रोलको मात्रा घटाउने, हृदयघातबाट बचाउने, आँखा तेजिलो बनाउने अनि केी प्रकारका क्यान्सरहरूलाई रोकथाम गर्ने गर्दछ। यसबाहेक, गाँजरले छालाको स्वास्थ्यमा सुधार ल्याउने, प्रतिरक्षा शक्तिलाई बढाउने, पाचन प्रक्रियामा सुधार ल्याउने , मुटुको स्वास्थ्यमा सुधार ल्याउने, शरीरभित्र रहेका अशुद्ध हटाउने अनि मुखको स्वास्थ्यमा पनि सुधार ल्याउने जस्ता फाइदा पनि गर्दछ। यसमा प्रशस्तै भिटामिन र खनिज पदार्थ पाइन्छ।

कतिपयाले गाँजरको महत्व र फाइदा नबुझेर नै यसको नियमित प्रयोग गर्ने गर्दैनन् तर गाँजर प्रत्येक दिन खानामा सलादको रुपमा भए पनि सेवन गर्नु अति उपयुक्त मानिन्छ ।

गाँजर खानुका फाइदाहरु यसप्रकार छन् ।

रोगसंग लड्ने क्षमतामा वृद्धि गर्छ

गाँजरमा भएका विभिन्न खालका पोषक तत्व र भिटामिन सी सहितको एन्टिअक्सिडेन्टले रोग प्रतिरोधी क्षमतामा वृद्धि गर्छ । गाँजरको नियमित सेवनले शरीरलाई रक्षाको जस्तै काम गर्छ ।
आँखाको शक्ति बढाउँछ ।

रतन्धो हुनबाट बचाउछ

गाजर आँखाको स्वास्थ्यका लागि निकै फाइदाजनक छ । गाजरमा प्रसस्तै बिटा क्यारोटिन नामक तत्व पाइन्छ जुसबाट भिटामिन ए बन्दछ । गाजरको नियमित सेवनले भिटामिन एको कमीले हुने रतन्धो लगायतका रोगको जोखिम कम हुन्छ र मान्छेको दृश्यक्षमता बढ्छ ।

दाँतका लागि लाभदायी

गिजा बलियो बनाउछ र थुप्रै मात्रामा र्याल उत्पादनमा सहयोग गर्छ, यस्तो र्यालले दाँतमा एसिड उत्पादन र सडनबाट उत्पादनबाट हुने ब्याक्टेरिया हटाउन अल्कालाइनको काम गर्छ । गाँजरमा हुने खनिज तत्वले मुख र दाँतको सडनका लागि जिम्मेवार किटाणुलाई मार्न सहयोग गर्छ ।तेसैले यो फाइदाजनक छ ।

शरीर शुद्द पार्छ

गाँजरमा पाइने भिटामिन एले कलेजोलाई शरीरबाट विषाक्त पदार्थ निकाल्न मद्दत गर्छ । यसले कलेजोमा भएको चिल्लो पदार्थ र पित्तलाई घटाउनुका साथै शरीरलाई नचाहिने तत्व हटाइ शुद्द राख्न सहयोग गर्छ ।

क्यान्सरबाट बचाउँछ

अध्ययन अनुसार गाजरको सेवनले कलेजो, स्तन तथा आन्ध्राको क्यान्सरको खतरा कम गर्छ । गाजरमा पाइने फालक्यारिनोल तथा फालक्यारिन्डायोल तत्वमा क्यान्सर प्रतिरोधी गुण हुन्छ ।

छालाको चमक बढाउँछ

भिटामिन ए, एन्टिअक्सिडेन्ट लगायतका तत्वले छालालाई घामले डढ्नबाट बचाउँछ । गाजरको नियमित सेवनले छाला चाउरी पर्ने, सुख्खा हुने, धब्बा देखिने लगायतका समस्या कम हुन्छन् ।

घाउ निको पार्छ
गाजरलाई लेदो बनाएर चोटपटक वा घाउमा लेप लगाएमा घाउमा संक्रमण हुन पाउँदैन र घाउ छिटो निको हुन्छ ।

मुटुलाई फाइदा

अध्ययनहरुबाट गाँजरमा भएका यस्ता तत्व खानाले मुटु रोग लाग्ने खतरा कम हुने देखाएका छन् । उच्च मात्रामा बेटा क्यारोटिनका अतिरिक्त गाँजरमा अल्फाक्यारोटिन र ल्युटन पाइन्छन् । यसले खराब कोलस्टेरोललाई पनि हटाउछ । यहीकारण हृदयाघात हुने सम्भावना पनि रहँदैंन ।तेसैले यो फाइदाजनक छ ।

बुढोपन रोक्छ

यसमा भएको बेटा क्यारोटिनले एन्टिअक्सिडेन्टको काम गर्छ, जसले शरीरका कोषहरुको क्षति हुनबाट बचाउछ । जसले गर्दा मानिस चाँडै बुढो हुँदैंन ।

स्वस्थ दाँत र गिजा

नियमित रुपमा गाजर खानेको दाँत, गिजा तथा मुख सफा हुन्छ । मज्जाले गाजर चपाएर खाँदा दाँत सफा हुन्छ र दाँतको बिचमा अड्किएका खानाका टुक्रा पनि निस्कन्छन् । गाजर खाँदा प्रसस्तै र्याल पनि निस्कन्छ । यो क्षारिय हुने भएकाले मुखमा अमिलोपनबाट उत्पन्न हुने जिवााणु कम गर्नुका साथै पाचन प्रक्रिया पनि ठीक राख्छ । मुख गन्हाउने, तथा दाँत किराले खाने जस्ता समस्याबाट मुक्ति पाउन पनि नियमित रुपमा गाजर खानुपर्छ ।

कपालका लागि फाइदा

गाँजरको सेवनले कपालको वृद्धि गर्नुका साथै बाक्लो बनाउछ । भिटामिन ए हुने भएकाले गाँजरको सेवनले कपाल झर्नबाट समेत बचाउछ । दिनहु गाँजरको सेवनले कपाल स्वस्थ राख्न मद्दत गर्छ ।

महिलाको महिनावारीमा लाभदायी

गाँजरको जुस महिलाका लागि निकै लाभदायी हुन्छ । यसमा भएको फाइटोएस्ट्रोजनले महिनावारीमा हुने पीडाबाट मुक्ति दिलाउछ र बढी रक्तस्राव हुनबाट जोगाउछ । यसले महिनावारीसंबन्धी अन्य समस्या पनि हटाउछ ।

प्रकाशित : 14 September, 2018

प्रतिक्रिया दिनुहोस्