केपी ओली प्रचण्ड माधव नेपाल एमाले


राजपाले असोज ३ लार्इ कालो दिनको रूपमा मनाउने

सहयात्रा टिभी

काठमाण्डौं । भदौ–३१, राष्ट्रिय जनता पार्टी ९राजपा० नेपालले संविधान दिवसलाई ‘कालो दिनको’ रूपमा मनाउने तयारी थालेको छ । नेपालको संविधान २०७२ जारी भएको दिन (असोज ३) लाई संघीय सरकारले धुमधामका साथ संविधान दिवस मनाउने तयारी गरिरहँदा राजपाले भने कालो दिन भन्दै विरोध प्रदर्शनको तयारी थालेको हो ।

राजपाका केन्द्रीय अध्यक्ष मण्डलकोे बैठकले मधेसका जिल्लाहरूमा मात्र सीमित नभई अन्य प्रदेशमा पनि संविधान दिवसको दिन विरोधका कार्यक्रम गर्ने भन्दै तयारी थालेको छ । अध्यक्षमण्डलका संयोजक महन्थ ठाकुरद्वारा जिल्लाहरूमा परिपत्र जारी गरी असोज ३ गते विरोध प्रदर्शनका साथै साँझ सात बजेदेखि सवा सात बजेसम्म बत्ती निभाएर ‘ब्ल्याक आउट’ गर्ने जनाएको छ ।

साथै अध्यक्षमण्डलका सबै अध्यक्षलाई विरोध कार्यक्रमका लागि विभिन्न जिल्लाको जिम्मेवारी सुम्पिइएको राजपाका महासचिव केशव झाले बताए । कैलाली, कञ्चनपुर, बाँके, बर्दियामा राजेन्द्र महतो र अनिल झा, नवलपरासी, कपिलवस्तु र रूपन्देहीमा महेन्द्र राय यादव, बारामा महन्थ ठाकुर, सुनसरी मोरङमा राजकिशोर यादव र झापामा शरतसिंह भण्डारीले विरोधसभाको नेतृत्वको जिम्मेवारी पाएका हुन् ।

प्रकाशित : 16 September, 2018

प्रतिक्रिया दिनुहोस्