केपी ओली प्रचण्ड माधव नेपाल एमाले


संसदीय समितिको सभापति चयन पाँच गते हुने

सहयात्रा टिभी

काठमाण्डौं । असोज–१, प्रतिनिधिसभा अन्तर्गतका समितिका सभापतिहरूको निर्वाचन आउँदो शुक्रबार अर्थात असोज ५ गते हुने भएको छ। सभामुख कृष्णबहादुर महराले असोज ५ गते ११ बजेका लागि निर्वाचनको मिति तय गरेका हुन्।

यसअघि पटकरपटक निर्वाचनको मिति तय गरिए पनि विभिन्न कारणले गर्दा सभामुख महराले निर्वाचन मिति सारेका थिए। निर्वाचनको मिति घोषणा अघि दलहरूले समितिमा रहने सदस्यहरू हेरफेर गरेका छन्। प्रतिनिधिसभामा दश वटा विषयगत समिति छन्।

सत्तारुढ नेकपाले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलाई सार्वजनिक लेखा समिति मात्र दिने तयारी गरेको छ। त्यस्तै, संघीय समाजवादी फोरम र राजपालाई एकरएक समितिको नेतृत्व दिने तयारी गरेको छ। समितिका सभापतिले राज्यमन्त्री सरह गाडी, सचिवालय र सुरक्षा पाउँछन्।

प्रकाशित : 17 September, 2018

प्रतिक्रिया दिनुहोस्