केपी ओली प्रचण्ड माधव नेपाल एमाले


प्रतिनिधि सभाका अधिकांश समितिमा महिलाको नेतृत्व

सहयात्रा टिभी

काठमाण्डौ । असोज–२, सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले प्रतिनिधि सभाका संसदीय समितिको नेतृत्व महिलालाई दिने भएको छ। राज्य व्यवस्था समितिको सभापति शशी श्रेष्ठ बन्ने भएकी छिन्। सभापति बनाउनकै लागि श्रेष्ठलाई कानुन न्याय तथा मानवअधिकार समितिबाट राज्य व्यवस्था समितिमा ल्याइएको छ।

त्यस्तै निरु पाल महिला बालबालिका समितिको सभापति बन्ने भएकी छिन्। पाललाई विकास समितिबाट महिला बालबालिका समितिमा पुर्‍याइएको छ।

त्यस्तै पवित्रा निरौला खरेल अन्तराष्ट्रिय सम्बन्ध तथा श्रम समितिको सभापति बन्ने भएकी छिन्। उनी महिला बालबालिका समितिबाट अन्तराष्ट्रिय सम्बन्ध समितिमा ट्रान्सफर भैसकेकी छिन्।

कल्याणीकुमारी खड्का विकास समितिको सभपति बन्ने भएकी छिन्। नेकपाले प्रतिनिधि सभा रराष्ट्रिय सभाको संयुक्त समितिको रुपमा रहेको राज्यको निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिको सभापति निरादेवी जैरु बन्न भएकी छन्।समितिका सभापतिहरू राज्यमन्त्री सरहका सेवासुविधा पाउने छन् ।

प्रकाशित : 18 September, 2018

प्रतिक्रिया दिनुहोस्