केपी ओली प्रचण्ड माधव नेपाल एमाले


वर्तमान संविधान सामूहिक चाहना समेटिएको साझा दस्तावेज हो : प्रधानमन्त्री ओली

सहयात्रा टिभी

काठमाण्डौं । असोज–३, प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान संविधान सामूहिक चाहना समेटिएको साझा दस्तावेज भएको बताएका छन् । आज संविधान दिवसको अवसरमा शुभकामना दिँदै प्रधानमन्त्री ओलीले संविधानले नेपाललाई बलियो, समृद्ध र मर्या्दित राष्ट्रमा रुपान्तरित गर्ने विश्वास व्यक्त गरेका हुन् ।

प्रधानमन्त्री ओलीले सात दशक लामो पर्खाइ र प्रयत्नबाट संविधानसभामार्फत निर्माण गरिएको नयाँ संविधानले नेपाली जनताको आकांक्षा र आशा मात्रै नभएर मान्यता र सिद्धान्तलाई समेत समेटेको बताए ।

‘असोज ३ गते संविधान जारी भएको दिन, आधुनिक नेपालको इतिहासको अन्त्यन्त महत्वपूर्ण दिन हो,’ उनले सन्देशमा भनेका छन् ।

संविधानले सबै नागरिकलाई बिना भेदभाव मौलिक हक र स्वतन्त्रता सुननिश्चित गरेको र हरेक नेपालीको मर्यादालाई स्वीकार गरेको प्रधानमन्त्रीको भनाइ छ ।

प्रकाशित : 19 September, 2018

प्रतिक्रिया दिनुहोस्