केपी ओली प्रचण्ड माधव नेपाल एमाले


पत्रकारितालाई विश्वसनीय र स्वतन्त्र हुन चुनौती : सभामुख महरा

सहयात्रा टिभी

काठमाण्डौं । असोज–३, सभामुख कृष्णबहादुर महराले संविधान कार्यान्वयन गर्न मौलिक हकअन्तर्गत बनेका विधेयकमा व्यापक छलफल भएको बताएका छन् । नयाँ मिडिया प्रालिले आजदेखि शुभारम्भ गरेको नयाँपाइला अनलाइनको शुभारम्भ गर्दै सभामुख महराले भने, “सङ्घीय सदनले मौलिक हकसित सम्बन्धी १६ वटा विधेयक पारित ग¥यो, पारित प्रक्रियामा व्यापक छलफल भएको छ ।”

उनले देश र जनतालाई केन्द्रविन्दु बनाई पत्रकारिता गर्न सबैलाई आह्वान गरे । सभामुख महराले पत्रकारिता क्षेत्रलाई थप विश्वसनीय र स्वतन्त्र हुन चुनौती रहेको बताउँदै आर्थिक समृद्धिको यात्रामा अबको पत्रकारिताले ध्यान दिनुपर्नेमा जोड दिए ।
कार्यक्रममा सांसद योगेश भट्टराईले संविधानप्रदत्त अधिकारलाई कुण्ठित हुने गरी नयाँ कानून नआउने स्पष्ट पार्दै प्रेस स्वतन्त्रता हनन नहुने बताए ।

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सरकारले स्वतन्त्र प्रेसमाथि अङ्कुश लगाउन नहुनेमा जोड दिँदै अबको पत्रकारितालाई थप व्यावसायिक बनाउन जरुरी रहेको बताए ।
‘नयाँपाइला डट कम’का प्रधानसम्पादक एवं नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्ष धर्मेन्द्र झाले आफ्नो अनलाइनले समाज रुपान्तरणमा समाचार, विचार र सूचना पाठकसमक्ष पुर्याउने जानकारी दिँदै आफ्ना लागि आफूले नै स्वनियम बनाएको बताए ।

प्रकाशित : 19 September, 2018

प्रतिक्रिया दिनुहोस्