केपी ओली प्रचण्ड माधव नेपाल एमाले


अख्तियारको प्रमुख आयुक्तमा नवीन घिमिरे सर्वसम्मत

सहयात्रा टिभी

काठमाण्डौं । असोज–४, संसदीय सुनुवाइ समितिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्तमा नवीनकुमार घिमिरेलाई सर्वसम्मतिले अनुमोदन गरेको छ । सिंह दरबारमा बसेको बैठकले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा घिमिरेलाई सर्वसम्मत रुपमा स्वीकृत गर्ने निर्णय गरेको हो ।

गत मंगलबार बसेको समिति बैठकले गरेको निर्णय अनुसार घिमिरेलाई सुनुवाइका लागि बिहीबार दिउँसो १ बजेका लागि बोलाइएको थियो। घिमिरे बारे उजुरी दिन दशदिने सार्वजनिक सूचना आह्वान भए पनि एउटा पनि उजुरी परेको थिएन।

दिउसो १ बजेका लागि नै बैठक बेलाइए पनि ढिला गरि ३ बजे सुरु भएको बैठकले घिमिरेलाई स्वीकृत गरेको हो । उजुरी नपरे पनि सुनुवाई समितिमा घिमिरेले सांसदहरुका अन्य प्रश्नको जवाफ दिएपछि उनी सर्वसम्मत अनुमोदन भएका हुन् । लोकमान कार्कीले महाअभियोगको सामना गरेपछि घिमिरेले कार्यबाहक जिम्मेवारि सम्हाल्दै आएका थिए ।

प्रकाशित : 20 September, 2018

प्रतिक्रिया दिनुहोस्