केपी ओली प्रचण्ड माधव नेपाल एमाले


प्रधानमन्त्री ओली अमेरिकाबाटै कोष्टारिका जाने

सहयात्रा टिभी

काठमाण्डौं । असोज–५, प्रधानमन्त्री केपी शर्मा ओलीले मध्यअमेरिकी देश कोष्टारिकाको औपचारिक भ्रमण गर्ने भएका छन्।

कोष्टारिकाका राष्ट्रपति कार्लोस् अल्भरादो क्वेस्दाको निमन्त्रणामा प्रधानमन्त्री ओली कोष्टारिका जान लागेका हुन्। संयुक्त राष्ट्रसंघको महासभामा भाग लिएर ओली असोज १३ गते कोष्टारिका जाने छन्।

कोष्टारिकामा ओलीले युनिभर्सिटी अफ पिसमा सम्बोधन गर्नेछन्। प्रधानमन्त्रीलाई उक्त विश्वविद्यालयले सम्मान गर्ने कार्यक्रम पनि छ।

राष्ट्र संघीय महासभामा भाग लिन ओली शनिबार अमेरिका जाँदैछन्।

प्रधानमन्त्री ओलीले कोष्टारिका जानु अघि ११ गते संयुक्त राष्ट्रसंघको महासभामा सम्बोधन गर्नेछन्। ओली अमेरिकी राष्ट्रपतिका तर्फबाट आयोजना हुने रात्री भोजमा समेत सहभागी हुनेछन्।

प्रकाशित : 21 September, 2018

प्रतिक्रिया दिनुहोस्