केपी ओली प्रचण्ड माधव नेपाल एमाले


कार्यवाहक प्रधानमन्त्रीको जिम्मा उपप्रधानमन्त्री पोखरेललाई

सहयात्रा टिभी

काठमाण्डौं । असोज–७, कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले प्राप्त गरेका छन् । ओली संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिका प्रस्थान गरेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी मन्त्री पोखरेललाई दिएकी हुन् ।

प्रधानमन्त्री ओलीको सिफारिसमा उपप्रधानमन्त्री पोखरेललाई राष्ट्रपति भण्डारीले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी तोकेकी हुन् । राष्ट्रपतिले उनको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक कार्य नेपालको संविधान बमोजिम प्रधानमन्त्रीको सिफारिसमा उपप्रधानमन्त्री एवं रक्षामन्त्री पोखरेलले सम्हाल्ने गरी तोकेको राष्ट्रपति कार्यालयबाट जानकारी प्राप्त भएको छ ।

प्रकाशित : 23 September, 2018

प्रतिक्रिया दिनुहोस्