केपी ओली प्रचण्ड माधव नेपाल एमाले


अब कांग्रेसको नेतृत्व कोइराला परिवारमा : महामन्त्री कोइराला

सहयात्रा टिभी

बुटवल । असोज–७, नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले आगामी महाधिवेशनमा सभापतिमा कोइराला परिवारबाट उम्मेद्धारी पर्ने बताएका छन्। बुटवलमा आइतबार भएको एक कार्यक्रममा महामन्त्री कोइरालाले महाधिवेशनमा कोइराला परिवारबाट शेखर, सुजाता वा आफूमध्ये एक जनाले सभापतिमा उम्मेद्धारी दिने घोषणा गरेका हुन् ।

चार वर्ष पछिको चुनाबमा कांग्रेस पहिलो श्रेणीमा पुग्ने उनको विश्वास छ । उनले पार्टी सभापतिको अधिकार पनि विकेन्द्रित गर्नुपर्ने धारणा राखे । ‘कांग्रेस विवादमा अल्झने अवस्था छैन, अब नयाँ रणनीति बनाएर अघि बढ्नुपर्छ,’ उनले भने, ‘सभापतिको अधिकार पनि विकेन्द्रीकरण गर्नुपर्ने मेरो धारणा छ, तल्लो तहलाई पनि बलियो बनाउनुपर्छ, गाउँ र प्रदेशमा अधिकार दिनुपर्छ ।’

डा. कोइरालाले मुलुक संघीयतामा गएपछि पनि दुई तिहाईको कम्युनिस्ट सरकारले केन्द्रीकृत शासन चलाउन खोजिरहेको बताए। यस्तो अवस्थामा जनतालाई अधिकार दिलाउन कांग्रेसको भूमिका महत्वपुर्ण हुने उनको भनाई छ।

प्रकाशित : 23 September, 2018

प्रतिक्रिया दिनुहोस्