केपी ओली प्रचण्ड माधव नेपाल एमाले


क्यानडाका प्रधानमन्त्री जस्टीन ट्रुडेउसँग प्रधानमन्त्री ओलीको भेट

सहयात्रा टिभी

काठमाण्डौं । असोज–९, प्रधानमन्त्री केपी शर्मा ओली र क्यानडाका प्रधानमन्त्री जस्टीन ट्रुडेउबीच द्वीपक्षीय भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ७३औँ महासभा (युएनजिए–७३)मा सहभागी हुन न्यूयोर्क पुगेका प्रधानमन्त्री ओली र ट्रुडेउबीच महासभा साइडलाइनमा द्विपक्षीय भेटवार्ता भएको हो।

भेटवार्ताका क्रममा दुई देशबीच द्विपक्षीय परामर्श संयन्त्र स्थापनासम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको न्यूयोर्कस्थित राष्ट्र संघका लागि नेपालको स्थायी नियोगले जनाएको छ। सोहि क्रममा दुई समकक्षीले दुई देशको द्विपक्षीय सम्बन्धको समीक्षा गर्दै सम्बन्धका वहुआयामिक विषयहरुमा चर्चा गरेका थिए।

भेटपछि क्यानडाका प्रधानमन्त्रीले ट्रुडेउले दुई देशबीचको प्रजातन्त्र, अशलसासन, आर्थिक विषय समावेशिता र समानताको विषयमा छलफल भएको ट्वीट गरेका छन्। उनले नेपाल सरकारले अगाडि सारेको समृद्ध नेपाल र सुखी नेपालीको अभियानमा साथ र सहयोग गर्ने प्रतिवद्धता समेत जनाएका छन्।

प्रकाशित : 25 September, 2018

प्रतिक्रिया दिनुहोस्