केपी ओली प्रचण्ड माधव नेपाल एमाले


मुलुकलाई नै असफल बनाउने षडयन्त्र भएको छ : नेता महतो

सहयात्रा टिभी

वीरगञ्ज । असोज–१०, राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले सङ्घीयताको आडमा मुलुकलाई असफल बनाउने षडयन्त्र भएको बताएका छन् ।

वीरगञ्जमा पत्रकारसँग कुरा गर्दै नेता महतोले सङ्घीयता र लोकतन्त्र विरोधीहरु सङ्घीयताप्रति वितृष्णा उत्पन्न गरी मुलुकलाई नै असफल बनाउने खेलमा लागेको आरोप लगाए ।
उनले स्थानीय तथा सङ्घीय सरकारले जनताको ढाड सेक्ने गरी कर वृद्धि नगर्न र गरिएको कर वृद्धि फिर्ता लिन अपिल गरे ।

संविधान संशोधनमार्फत मधेसी समुदायका मुद्दा संविधानमा समावेश गर्ने सरकारको प्रतिवद्धता अझै पूरा नभएको भन्दै नेता महतोले कुनै पनि बेला आन्दोलनको घोषणा गर्नुपर्ने अवस्था आउने बताए ।

प्रकाशित : 26 September, 2018

प्रतिक्रिया दिनुहोस्