केपी ओली प्रचण्ड माधव नेपाल एमाले


आजबाट संघीय संसदको वर्षे अधिवेशन अन्त्य

सहयात्रा टिभी

काठमाण्डौं । असोज–११, संसद् सचिवालयको संघीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा) को वर्षे अधिवेशन आज राति १२ बजेबाट अन्त्य हुँदैछ ।

सरकारको सिफारिसमा राष्ट्रपतिबाट संसद् अन्त्य र आह्वान गर्ने व्यवस्था छ । यही संवैधानिक व्यवस्थाअनुसार राष्ट्रपति कार्यालयले संसद् सचिवालयलाई अधिवेशन अन्त्यको पत्रमार्फत् जानकारी गराएको छ ।

संसद् सचिवालयमा राष्ट्रपति कार्यालयबाट अधिवेशन अन्त्यको पत्र प्राप्त भएको सभामुख कृष्णबहादुर महराका प्रेस सल्लाहकार डिल्ली मल्लले जानकारी दिए ।

बिहीबारको बैठकमा सभामुख कृष्णबहादुर महराले अधिवेशनका क्रममा भएका गतिविधिबारे जानकारी गराएर अधिवेशन अन्त्यको घोषणा गर्ने कार्यतालिका छ ।

गत वैशाख २३ बाट शुरु भएको वर्षे अधिवेशनमा प्रतिनिधिसभाको बैठक आजसहित ७९ औंपटक र राष्ट्रियसभाको ६१ औंपटक बसेर अन्त्य हुन लागेको संसद् सचिवालयले जनाएको छ ।

प्रकाशित : 27 September, 2018

प्रतिक्रिया दिनुहोस्