केपी ओली प्रचण्ड माधव नेपाल एमाले


संयुक्त राष्ट्र संघमा प्रधानमन्त्री ओलीको सम्वोधन

सहयात्रा टिभी

एजेन्सी । असोज–१२, संयुक्त राष्ट्र संघको ७३ औं महासभाको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्वोधन गरेका छन् । सम्वोधनका क्रममा प्रधानमन्त्रीले नेपालको आन्तरिक मामिला एवं राजनीतिक वस्तुस्थितिबारे राष्ट्र संघको महासभालाई जानकारी दिए ।

उनले सम्वोधनका क्रममा नेपालमा रहेका शरणार्थीदेखि लिएर क्षेत्रीय संगठन सार्कको समेत विषय उठान गरेका छन् । आफ्नो सम्वोधनमा प्रधानमन्त्री ओलीले भने– ‘नेपालले मानवताका आधारमा हजारौँ शरणार्थीहरूलाई शरण दिएको छ । अन्तरराष्ट्रिय समुदायले उनीहरूको सम्मानका साथ घर जान पाउनुपर्ने अधिकार सुनिश्चित गर्नुपर्छ ।’

नेपालको परराष्ट्र नीतिअनुरुप क्षेत्रीय सहकार्यलाई ठूलो महत्व दिने गरेको प्रधानमन्त्री ओलीले बताएका छन । यसक्रममा उनले राष्ट्र संघमा दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को समेत प्रशंग उठाए । प्रधानमन्त्री ओलीले शान्ति प्रक्रियाका बाँकी कामहरु अघि बढेको, गम्भीर अपराधका घटनामा सरकारले कसैलाई पनि उन्मुक्ति नदिएको र सरकारले मानव अधिकारको सम्मान गरेको बताएका छन् ।

उनले नेपालको शान्ति प्रक्रियामा सहयोग पुर्‍याएकोमा राष्ट्र संघ र अन्तरराष्ट्रिय समुदायलाई धन्यवादसमेत दिएका छन् । प्रधानमन्त्री ओलीले नेपालको द्वन्द्व शान्तिमा रुपान्तरण भएको बताए । प्रधानमन्त्रीले राष्ट्र संघलाई गरेको सम्वोधनमा देशभित्र कुनै पनि राजनीतिक समुदायको असन्तुष्टि रहेको विषय चर्चा गरेनन् । तर, उनले राष्ट्रसंघको ‘लिभिङ नो वान बिहाइन्ड’ अवधाराणाले आफूहरुलाई उत्प्रेरणा प्रदान गरेको बताए ।

प्रकाशित : 28 September, 2018

प्रतिक्रिया दिनुहोस्