केपी ओली प्रचण्ड माधव नेपाल एमाले


प्रधानमन्त्री ओली कोस्टारिका प्रस्थान

सहयात्रा टिभी

काठमाण्डौं । असोज–१४, प्रधानमन्त्री केपी शर्मा ओली कोस्टारिका प्रस्थान गरेका छन् । कोस्टारिकाका राष्ट्रपति कार्लोस अल्भाराडो क्वेसाडाको निमन्त्रणमा ओली संयुक्त राष्ट्र संघको ७३ औं महासभा बैठक सकेर कोस्टारिका पुगेका हुन् ।

प्रधानमन्त्री ओलीले सान होजेमा कोस्टारिकाका राष्ट्रपति कार्लोस अल्भाराडो क्वेसाडासँग दुईपक्षीय भेटवार्ता गर्नेछन् । उनले सान होजेमै शान्ति विश्वविद्यालय (युनिभर्सिटी फर पिस) लाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

प्रधानमन्त्री ओलीको प्रतिनिधिमण्डलमा उनका प्रमुख सल्लाहकार विष्णु रिमाल, अमेरिकाका लागि नेपाली राजदूत अर्जुनकुमार कार्की, परराष्ट्र मन्त्रालयका सचिव शङ्करदास वैरागी, शिष्टाचार महापाल दीपक अधिकारी तथा नेपाल सरकारका अन्य वरिष्ठ अधिकारी रहेकाछन् ।

प्रकाशित : 30 September, 2018

प्रतिक्रिया दिनुहोस्