केपी ओली प्रचण्ड माधव नेपाल एमाले


कोस्टारिकाले दियो प्रधानमन्त्री ओलीलाई मानार्थ विद्यावारिधि उपाधि

सहयात्रा टिभी

काठमाण्डौं । असोज–१६, प्रधानमन्त्री केपी शर्मा ओलीलाई कोस्टारिकामा मानार्थ विद्यावारिधि प्रदान गरिएको छ। युनिभर्सिटी फर पिसले प्रधानमन्त्री ओलीलाई नेपालमा शान्ति स्थापना तथा प्रजातन्त्रलाई संस्थागत गर्न महत्त्वपूर्ण भूमिका खेलेको भन्दै मानार्थ विद्यावारिधिको उपाधि प्रदान गरेको हो।

यो सँगै प्रधानमन्त्री ओलीले दुईवटा मानार्थ विद्यावारिधि उपाधि प्राप्त गरेका छन्। गत चैतमा भारतको राजकीय भ्रमणका बेला त्यहाँको उत्तरखण्डामा रहेको गोविन्द बल्लभ पन्त कृषि तथा प्रविधि विश्वविद्यालयले उनलाई मानार्थ विद्यावारिधि उपाधि दिएको थियो।

उनलाई सन् २००९ मा पहिलोपटक ग्रिनफोर्ड विश्वविद्यालयले मानार्थ विद्यावारिधि दिएको थियो। विश्वविद्यालय नै विवादमा आएपछि मानार्थ उपाधि पाएकाहरु मह जोडी, रामेश्वर थापाले उपाधि फिर्ता गरेको घोषणा गरेका थिए। तर ओलीले फिर्ता गरेका थिएनन्।

प्रकाशित : 2 October, 2018

प्रतिक्रिया दिनुहोस्