केपी ओली प्रचण्ड माधव नेपाल एमाले


के छाला चाउरी पर्दैछ ? अपनाउनुस् यो घरेलु विधि

सहयात्रा टिभी

काठमाण्डौं । असोज–१८,  बुढेस्काल लाग्दै गएपछि हाम्रा शरिरका छालाहरु चाउरीदै जान्छन् । यसले हामीलाई कुरुप बनाउँदै लैजान्छ । हामी सबै सधैँ सुन्दर र आकर्षक रहन चाहन्छौ । हाम्रो छाला चाउरी प¥यो भने हामीलाई ठूलो पिर पर्न जान्छ र छाला तन्काउने वा चाउरीपना हटाउने अनेक उपाय खोज्छौ, भौतारीन थाल्छौँ । यदि तपाइँमा पनि यहि समस्या छ भने अब नभौतारिनुस् । छाला चाउरी परेमा यसलाई निम्न तरिकाबाट आँफैले समाधान गर्न सकिन्छ ।

छालालाई तन्काउन र खुकुलो बनाउन हामीले खाने काँक्रो र अण्डाको सेतो भागको अत्यन्तै महत्व रहेको छ ।

काँक्रोले छालालाई प्राकृतिक तरिकाले पुनः बनाउन मद्धत गर्दछ । यसमा एन्टिअक्सिडेन्ट गुण हुन्छ । यसमा पाईने भिटामिन ‘ सी ’ र ‘ के ’ले छालालाई चाउरी बनाउने र खुकुलो पार्ने कारक तत्वको रुपमा रहेको मुक्त कण ( फ्री रेडिकल) हरुलाई नष्ट गर्दछ । त्यसैगरी काँक्रोमा पाईने सिलिकाले छालाको चाउरीपनबाट बचाउन महत्वपूर्ण भुमिका खेल्दछ ।

त्यसैगरि अण्डामा पनि छालालाई तन्काउने गुण हुन्छ । त्यसैले काँक्रो र अण्डाबाट हामी हाम्रो छालालाई तन्काएर खुकुलो बनाउन सक्छौ र चाउरीपना हटाएर तन्नेरी बन्न पनि सक्छौँ ।

काँक्रो र अण्डालाई तपाइँ निम्न तरीकाले प्रयोग गर्न सक्नुहुन्छ ।

काँक्रोलाई २ आधा भागमा काट्नुहोस् । त्यसपछि काँक्रोको एक आधा भागलाई खुर्काउनुहोस् । त्यसपछि यस काँक्रोलाई १ ईन्चभन्दा सानो हुनेगरी स–सानो टुक्रामा काट्नुहोस् । र यस टुक्रालाई ब्लेन्डरमा मध्यम गतिमा हालेर २ मिनेटसम्म फिट्नुहोस् । त्यसपछि यसलाई छानेर कचौरामा हाल्नुहोस् । र यसमा १ वटा अण्डाको सेतो भागलाई मिसाउनुहोस् ।

यस मिश्रणलाई शरीरको छालालाई तन्काउन आवश्यक ठाउँमा लगाउनुहोस् । र १५ मिनेटसम्म त्यसै छोडी चिसो पानीले पखाल्नुहोस् ।यस विधिलाई तपाइँ हप्ताको १, २ पटक सम्म प्रयोग गर्न सक्नुहुनेछ ।

प्रकाशित : 4 October, 2018

प्रतिक्रिया दिनुहोस्