केपी ओली प्रचण्ड माधव नेपाल एमाले


कांग्रेस केन्द्रीय कार्य समिति बैठक स्थगित

सहयात्रा टिभी

काठमाण्डौं । असोज–१९, शुक्रबार दिउँसोका लागि बोलाइएको नेपाली कांग्रेस केन्द्रीय कार्य समिति बैठक स्थगित भएको छ।

आजको बैठकमा संशोधित विधानमाथि सातै प्रदेशका १२ ठाउँमा छलफल गरी संकलन गरिएको सुझाव केन्द्रीय समितिमा विधान संशोधन समितिका संयोजक तथा महामन्त्री पूर्णबहादुर खड्काले पेश गर्ने कार्यक्रम थियो।

रोकिएको बैठक असोज २२ गते सोमबार दिउँसो १ बजे बस्ने कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

प्रकाशित : 5 October, 2018

प्रतिक्रिया दिनुहोस्