केपी ओली प्रचण्ड माधव नेपाल एमाले


आइतबार स्थगित भएको नेकपाको सचिवालय बैठक आज

सहयात्रा टिभी

काठमाण्डौं । असोज–२२, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालयको बैठक अहिले बसिरहेको छ । हिजो दिउँसोका लागि तय भएको सचिवालय बैठक प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालको कार्य व्यस्तताका कारण स्थगित भएको थियो ।

प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा पार्टीको प्रदेश, जिल्ला र स्थानीय तहको एकता, जनवर्गीय संगठनको एकता, सरकारको कामकारबाही लगायतका विषयमा छलफल भइरहेको बताइएको छ ।

बैठकले एकता प्रक्रियालाई थप सार्थक बनाई सरकार सञ्चालनलाई थप प्रभावकारी बनाउन महत्वपूर्ण निर्णय गर्ने बताइएको छ । केही दिन पहिले बसेको सचिवालयको बैठकले प्रदेशका इञ्चार्ज, सहइञ्चार्ज, अध्यक्ष र सचिव तय गरेको थियो ।

प्रकाशित : 8 October, 2018

प्रतिक्रिया दिनुहोस्