केपी ओली प्रचण्ड माधव नेपाल एमाले


जानिराख्नुस् के के छन् बदाम खानुका फाइदाहरु :

सहयात्रा टिभी

काठमाण्डौं । कात्तिक–७, बदाम खानु शरीरका लागि निकै फाईदाजनक हुन्छ। बदाम वनस्पतिक प्रोटिनको भरपुर श्रोत पनि हो। बदाममा दूध र अण्डाको तुलनामा धेरै प्रोटिन हुन्छ। बदामले शरीरमा शक्ति बढाउनुका साथै पाचन प्रक्रियालाई सन्तुलित बनाउन मद्दत गर्छ । बदाममा प्रशस्त मात्रामा फाइबर हुन्छ जसले शरीरलाई फाइदा गर्छ । जाडो मौसममा बदाम बढि मात्रामा प्रयोग गरिन्छ । बदामले चिसो कटाउने वा न्यानो बनाउन समेत मद्यत गर्छ ।

बदामका फाइदाहरुलाई यसप्रकार हेर्न सकिन्छ :

१) क्यान्सरबाट बच्न
बदाममा ‘फाइटोस्टेरोल’ नाम गरेको तत्व हुन्छ। फाइटोस्टेरोलले आधारभूत रुपमा ट्युमरलाई नियन्त्रण गर्छ र क्यान्सर हुनबाट जोगाउँछ।

२) डिप्रेसनबाट बच्न

बदाममा हुने ‘ट्राइपटोफन’ नामक तत्वले डिप्रेसनविरुद्ध लड्न सहयोग गर्छ। स्ट्रेस र तनाबबाट मुक्ति हुनका लागि दैनिक एक मुठी बदाम खानु राम्रो हुन्छ ।

३) स्ट्रोकको खतरामा कमी

बदाममा विभिन्न प्रकारका ‘एन्टि अक्सिडियन्ट’ र खनिज तत्व हुन्छन् । जसका कारण हर्ट स्ट्रोक वा मुटुसम्बन्धी रोग लाग्नबाट जोगाउँछ।

४) डायबिटिजबाट बच्न
बदाममा हुने म्याग्नेसियमले शरीरमा उचित मात्रामा ‘ब्लड सुगर’को तह कायम राख्न सघाउँछ। यसले डायबिटिजको समस्याबाट जोगाउँछ।

५) तौल नियन्त्रण
बदाम खाँदा पेट छिट्टो डुम्म हुने भएकाले अन्य क्यालोरि युक्त चिल्लो पर्दाथ भएको खानेकुरा खाने इच्छा हुँदैन। धेरै खाने इच्छा नहुँदा मोटा मानिसको तौल घट्न सक्छ।

६) कोलेस्टेरोल तह नियन्त्रण

बदाममा हुने ‘फ्याटी एसिड’ले शरीरमा सन्तुलित कोलेस्टेरोल तह कायम गर्न सहयोग गर्छ।

८) कपालको सुन्दरताको लागी
बदाममा कपाललाई सुन्दर बनाउने पोषणयुक्त तत्वहरु हुन्छन् । तीमध्ये एउटा तत्व ‘लार्जिनाइन’ हो, जसले कपाल बृद्धि गर्न सहयोग गर्छ। लार्जिनाइनले कपाल झर्नबाट पनि जोगाउँछ।

९) छालामा चमक

बदाममा हुने ‘मोनोस्याचुरेटेड फ्याट्स’ र ‘रिजर्भेट्रोल’ तत्वले छालालाई चम्किलो बनाउँछ। बदाममा पाइने पोषणयुक्त फाइबरले छालामा हुने अत्यधिक तेललाई निकालेर छालालाई नरम बनाउँछ।

प्रकाशित : 24 October, 2018

प्रतिक्रिया दिनुहोस्