केपी ओली प्रचण्ड माधव नेपाल एमाले


ऐन कार्यान्वयन गर्न कार्यशाला

सहयात्रा टिभी

काठमाण्डौं । कात्तिक–८, संसदीय समितिले मौजुदा ऐन, कानुन कार्यान्वयनको मापन विधि र प्रक्रियाका विषयमा छलफल गर्न राष्ट्रिय कार्यशाला आयोजना गर्ने भएको छ ।

ऐन, कानुन कार्यान्वयनको मापन गर्ने जिम्मेवारी पाएको राष्ट्रियसभा अन्तरगतको विधायन व्यवस्थापन समितिको बिहिबार बसेको बैठकले ऐन, कानुन कार्यान्वयन मापनको विधि र प्रक्रिया तय गर्न मंसिरको पहिलो साता राष्ट्रिय कार्याशाल आयोजना गर्ने निर्णय गरेको हो ।

सम्बन्धित मन्त्रालय, नेपाल कानुन आयोग र कानुन निर्माण र कार्यान्वयनसँग सम्बन्धित अन्य सरोकारवाला निकायसँग आवश्यक परामर्श लिई ऐन, कानुन मापन विधि र प्रक्रिया तय गर्न समितिले मंसीर पहिलो साता राष्ट्रिय कार्याशाला गोष्ठी आयोजना गर्ने कार्य योजना तय गरेको समितिका सभापति परशुराम मेघी गुरुङले जानकारी दिए ।

उद्देश्यका साथ समितिले हालसम्मका ऐन, कानुनको प्रभावकारिताका बारेमा छलफल गर्नुपर्ने आवश्यक्ता औंल्याएका थिए । समितिका सदस्य वृशेषचन्द्र लालले जनताले न्याय पाउन सहजहोस् भन्ने उद्देश्यका साथ ऐन, कानुन मापनको कामलाई अघि बढाउनुपर्नेमा जोड दिए ।

विद्यमान ऐन, कानुन कार्यान्वयन मापनको मुख्य जिम्मेवारी पाएको विधायन व्यवस्थापन समितिले २०१० साल यताका विभिन्न कालखण्डका ऐन, कानुनहरुको मापन विधि र प्रक्रिया माथिको छलफल सुरु गरेको हो । समितिका सभापति गुरुङले कानुन कार्यान्वयनलाई प्रभावकारी बनाउन अनुसन्धानको कामलाई पनि समितिले आफ्नो प्राथमिकतामा राखेको पनि स्पष्ट पारे ।

प्रकाशित : 25 October, 2018

प्रतिक्रिया दिनुहोस्