केपी ओली प्रचण्ड माधव नेपाल एमाले


‘नेकपा’को नाम विवादबारे निर्णय गर्न आयोगको इजलास शुरु

सहयात्रा टिभी

काठमाण्डौं । कात्तिक–९, नेपाल कम्युनिष्ट पार्टि ‘नेकपा’को नाम विवादबारे निर्णय गर्न निर्वाचन आयोगमा आयोगका आयुक्तहरुको इजलास सुरु भएको छ ।

आजको इजलासले ‘नेकपा’को नाम विवादबारे निर्णय लिने आयोगका प्रवक्ता दीपक सुवेदीले जानकारी दिए ।सत्तारुढ नेकपाले आफूहरुको नाम जुधाएको भन्दै कट्टेल नेतृत्वको नेकपाले निर्वाचन आयोगमा उजुरी दिएको थियो ।

उक्त उजुरीमाथि प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादव, आयुक्तहरु इला शर्मा, नरेन्द्र दाहाल र ईश्वरीप्रसाद पौडेलको इजलासले निर्णय गर्नेछ । बिहीबारको इजलासमा आयुक्त इला शर्मा उपस्थित थिइनन् । बुधबारको इजलासमा पनि एक जना आयुक्त उपस्थित नभएकाले निर्णय हुन नसकेको जनाइएको छ ।

तर, शुक्रबार सबै आयुक्तहरु उपस्थित हुने र ‘नेकपा’को नाम विवादबारे निर्णय हुने आयोगले जनाएको छ ।

प्रकाशित : 26 October, 2018

प्रतिक्रिया दिनुहोस्