केपी ओली प्रचण्ड माधव नेपाल एमाले


राष्ट्रपति भण्डारी कतार प्रस्थान

सहयात्रा टिभी

काठमाण्डौं । कात्तिक–१२, राष्ट्रपति विद्यादेवी भण्डारी मित्रराष्ट्र कतारको चार दिवसीय औपचारिक भ्रमणमा आज त्यसतर्फ प्रस्थान गरेकी छन् । राष्ट्रपति भण्डारी कतारका अमिर शेख हमाद बीन खालिदा अल थानीको मैत्रीपूर्ण निमन्त्रणामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै त्यसतर्फ प्रस्थान गरेकी हुन् ।

उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा उपराष्ट्रपति नन्दबहादुर पुनले बिदाइ गरे । प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिना, मन्त्रिपरिषद्का सदस्य, मुख्य सचिव, नेपाल सरकारका सचिव, सुरक्षा निकायका प्रमुखलगायत सरकारका उच्च पदाधिकारी विमानस्थलमा उपस्थित थिए ।

राष्ट्रपति भण्डारीका साथ परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, परराष्ट्र सचिव शङ्करदास वैरागी, राष्ट्रपति कार्यालयका सचिव विनोद केसी, नेपाल लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारी, राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीलगायत छन् । राष्ट्रपति यही कात्तिक १५ गते स्वदेश फर्कने कार्यक्रम छ ।

प्रकाशित : 29 October, 2018

प्रतिक्रिया दिनुहोस्