केपी ओली प्रचण्ड माधव नेपाल एमाले


महासमिति भेला व्यवस्थापन गर्न पाँच समिति गठन

सहयात्रा टिभी

काठमाण्डौं । कात्तिक–१३, कांग्रेसले महासमिति भेला व्यवस्थापनका लागि पाँचवटा उपसमिति गठन गरेको छ। कांग्रेस मुख्यालयमा सोमबार बसेको पार्टी पदाधिकारी तथा स्थानीय तयारी समितिको बैठकले प्रचारप्रसार तथा मञ्च व्यवस्थापन, भोजन व्यवस्थापन, स्वंयसेवक परिचालन, स्थानीय सचिवालय र आर्थिक व्यवस्थापन उपसमिति गठन गरेको हो।

कांग्रेस महासमिति भेला मंसिर पहिलो साता काठमाडौंमा बस्दैछ। भेलामा देशभरका १४ सय महासमिति सदस्य सहभागी हुनेछन्।

भेलामा उपसभापति विमलेन्द्र निधि नेतृत्वको समितिले राजनीतिक प्रस्ताव, महामन्त्री शशांक कोइराला नेतृत्वको समितिले संगठनात्मक प्रस्ताव र सहमहामन्त्री डा.प्रकाशशरण महत नेतृत्वको समितिले आर्थिक व्यवस्था सम्बन्धी प्रस्ताव पेश गर्नेछ।

तीनवटै समितिले प्रस्ताव लेखन कार्य जारी राखेका छन्। पार्टीको आर्थिक नीति तयार पार्न देशभरका ५ ठाउँमा अन्तक्र्रिया गरिएको छ।

प्रकाशित : 30 October, 2018

प्रतिक्रिया दिनुहोस्