केपी ओली प्रचण्ड माधव नेपाल एमाले


राष्ट्रपति भण्डारी र कतारका अमिर बीच भेट

सहयात्रा टिभी

एजेन्सी । कात्तिक–१३, कतारको चार दिने औपचारिक भ्रमणको दोस्रो दिन आज राष्ट्रपति विद्यादेवी भण्डारी र कतारका अमिर शेख तमिम बीन हमाद अल थानी बीच अमिरी दिवानमा भेटवार्ता भएको छ ।
यस अघि राष्ट्रपति भण्डारीको सम्मानमा अमिरी दिवान (कतारी अमिरको दरवार) मा यहाँको सैनिक टुकुडीले सम्मान गारत अर्पण गरेको थियो ।

भेटवार्तामा दुई देशका बीच रहिआएको कूटनीतिक सम्बन्ध र आपसी सहकार्यलाई अझ सुमधुर बनाउने लगायत विषयमा छलफल भएको छ। अमिर अल थानीले राष्ट्रपति भण्डारीको सम्मानमा दिवाभोजको आयोजना गरेका छन् ।

मित्र राष्ट्र कतारका अमिर अल थानीको मैत्रीपूर्ण निमन्त्रणामा एक प्रतिनिधिमण्डलको नेतृत्व गर्दै राष्ट्रपति भण्डारी हिजो कतार भ्रमणमा निस्किएकि थिइन् ।

प्रकाशित : 30 October, 2018

प्रतिक्रिया दिनुहोस्