केपी ओली प्रचण्ड माधव नेपाल एमाले


अनुहारमा चायापोतो आएर हैरान हुनुहुन्छ ? अब अपनाउनुस् यस्तो घरेलु उपाय

सहयात्रा टिभी

काठमाण्डौं । कात्तिक–१४, मानिसहरु आफुलाई सुन्दर र आकर्षक बनाइ राख्न चाहन्छन्, यो मानविय स्वभाव नै हो । यसका लागी अनुहारको धेरै ख्याल गर्छन् मानिसहरु । अनुहार चम्किलो र आकर्षक बनाउन हरेक दिन अनेक उपाय अपनाइ रहेका हुन्छन् मानिसहरु, त्यसमा पनि महिलाहरु बढि सक्रिय देखिन्छन् ।

यति धेरै ख्याल राखिएको अनुहारमा चायापोतो देखियो भने बज्रपात परेझैँ हुन्छ । चिन्ता लिइरहने, पानी कम पिउने, बढी घाममा रहने, चर्को बत्तिको प्रकाश छालामा परिरहने, जथाभावि रुपमा सौन्दर्य प्रशोधनका सामग्री प्रयोग गर्नेहरुमा पोतो आउने सम्भावना बढि हुन्छ । त्यस्ता चाँयापोतो हटाउन अनेक उपायहरु अपनाउन थाल्छन् । यहि विषयले चिन्तित बनेका मानिसहरु पनि प्रसस्त भेटिन्छन् ।

तर अनुहारमा चाँयापोतो आउनु नै यति ठूलो चिन्ताको विषय भने होइन । यसलाई घरेलु उपायद्धारा नै हटाउने सजिलो उपाय पनि छ । चाया अर्थात कालोपोतो हटाउन मात्र नभएर पूरै अनुहार सफा बनाउन विभिन्न घरेलु फेसप्याकहरु प्रयोग गर्न सकिन्छ । यस्ता फेसप्याकले दाग, खटिरा, फोहोर र मृत छालासमेत हटाउन मद्दत मिल्छ । जुनसुकै व्यक्तिले जुनसुकै समयमा पनि फेसप्याक लगाउन सकिन्छ ।

जौको पीठो, मुगको दाल, अण्डाको सेतो भाग र दूध मिलाएर बनाएको फेसप्याकले हानिरहित अनुहार सफा बनाउन सकिन्छ । छालाको बाहिरी भागमा रहेको कालो पोतो हटाउन यस किसिमको फेसप्याक उपयोगी हुन्छ ।

यस्तो फेसप्याक अनुहारमा लगाएको १५ मिनेटपछि दूधले भिजाउँदै मसाज गरेर पानीले पखाल्नुपर्छ । यस बेला कुनै पनि साबुनको प्रयोग गर्नुहुँदैन । बरु नियमित म्वोश्चराइजरको प्रयोग गरेमा छाला सुन्दर देखिनुका साथै स्वस्थ हुन्छ ।

त्यस्तै गाजर, आलु र काँक्रो मसिनो गरी कोरेसोमा कोरेर बटर मिसाएमा राम्रो फेसप्याक बन्छ । मुसुरोको दालको पीठो दूधमा मिसाएर पनि फेसप्याक बनाउन सकिन्छ । घरेलु सामाग्रीको प्रयोग गरेर बनाइएका फेसप्याकले छालाको बाहिरी सतहमा भएका फोहोर पदार्थ हटाई अनुहारको सुन्दरता बढाउँछ ।

चाया हटाउन वा यसबाट बच्न सूर्यको किरणबाट बच्नुपर्छ । घाममा निस्कँदा सनस्क्रिन लोसन लगाउनुपर्छ । छालाको प्रकृतिअनुसारको स्याहार गर्नुपर्छ । कुनै जटिल समस्या भएमा छालाको डाक्टरबाट उपचार गराउनुपर्छ । त्यसैगरी ताजा तरकारी, फलफूल, सागसब्जी सन्तुलित रुपमा खाने गर्नुपर्छ ।

प्रकाशित : 31 October, 2018

प्रतिक्रिया दिनुहोस्