केपी ओली प्रचण्ड माधव नेपाल एमाले


कतार भ्रमण पुरा गरी राष्ट्रपति भण्डारी स्वदेश फिर्ता

सहयात्रा टिभी

काठमाण्डौं । कात्तिक–१६, कतारको भ्रमण पुरा गरेर राष्ट्रपति विद्या देवी भण्डारी बिहिबार स्वदेश फर्किएकी छन् । उनलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति नन्दबहादुर पुन, उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेल लगायतले स्वागत गरेका छन् ।

भ्रमणका क्रममा राष्ट्रपति र कतारका अमिरबीच भएको भेटमा द्वीपक्षीय हितबारे कुराकानी भएको भ्रमणमा सहभागी परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बताए ।

नेपाली टोलीले कतारसामू कृषि, पशुपालन, पूर्वाधार निर्माणमा लगानी गर्न आग्रह गरेको छ । खासगरी विमानस्थल निर्माणमा लगानी गर्न आग्रह गरेको मन्त्री ज्ञवालीले बताए ।

प्रकाशित : 2 November, 2018

प्रतिक्रिया दिनुहोस्