केपी ओली प्रचण्ड माधव नेपाल एमाले


प्रधानमन्त्री ओलीले दिए भुटानका प्रधानमन्त्रीलाई शुभकामना

सहयात्रा टिभी

काठमाण्डौं । कात्तिक–२१, प्रधानमन्त्री केपी शर्मा ओलीले डा।लोते छिरिङलाई उनले भुटानको प्रधानमन्त्रीको उच्च पद सम्हालेकोमा शुभकामना व्यक्त गरेका छन् ।

परराष्ट्र मन्त्रालयद्वारा आज प्रकाशित विज्ञप्तिअनुसार प्रधानमन्त्री ओलीले आज पठाएको सन्देशमा प्रधानमन्त्री छिरिङको सफल कार्यकालको कामना पनि गरेका छन् ।

प्रधानमन्त्री ओलीले दुई देशबीचको सम्बन्ध अझ बढी मजबुत बनाउन निकटमा रहेर कार्य गर्ने तथा क्षेत्रीय तथा अन्तर्राष्ट्रिय मञ्चहरुमा साझा सवाललाई अघि बढाउने चाहना पनि व्यक्त गरेका छन् ।

प्रकाशित : 7 November, 2018

प्रतिक्रिया दिनुहोस्