केपी ओली प्रचण्ड माधव नेपाल एमाले


छठले नेपालीमा राष्ट्रिय एकता अभिवृद्धि गरोस : राष्ट्रपति भण्डारी

सहयात्रा टिभी

काठमाण्डौं । कात्तिक–२७, राष्ट्रपति विद्यादेवी भण्डारीले छठ पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहेका सबै नेपाली दाजुभाइ तथा दिदीबहिनीमा सुख, शान्ति, समृद्धि, आपसी सद्भाव, एकताका साथै उत्तरोत्तर प्रगतिका लागि शुभकामना व्यक्त गरेकी छिन्।

सूर्य देवता र छठी माताको पूजाराधना गरी हर्षोल्लासपूर्वक मनाइने छठ पर्वले सबै नेपालीमा राष्ट्रिय एकता अभिवृद्धि गर्न, मौलिक संस्कृतिको संरक्षण तथा सम्वद्र्धन गर्न र आपसी सद्भाव थप सुदृढ पार्न प्रेरणा प्रदान गर्ने विश्वास राष्ट्रपतिले आज जारी गरेको शुभकामना सन्देशमा व्यक्त गरेकी छिन् । रासस

प्रकाशित : 13 November, 2018

प्रतिक्रिया दिनुहोस्