केपी ओली प्रचण्ड माधव नेपाल एमाले


महानगरको समृद्धि र विकासका लागि मेयरले लिए ‘दण्ड प्रणाम’ नामको कठोर व्रत

सहयात्रा टिभी

विराटनगर । कात्तिक–२७, विराटनगरको समृद्धि र विकासका लागि भन्दै विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले ‘दण्ड प्रणाम’ नामको कठोर व्रत लिएका छन् । आफ्नो कार्यकालमा समुन्नत विराटनगर बनाउने परिकल्पना बोकेर करिब ४ किलोमिटर लामो जमिनमा शरीर पूरै सुताएर हातले चिनो लगाउँदै मेयर पराजुलीले खोलासम्मको यात्रा तय गरेका हुन् ।

मेयर पराजुलीले आफ्नो घरअगाडिको पञ्चाङ्ग मन्दिरबाट आज दिउँसो साढे १२ बजे यो यात्रा सुरु गरेका थिए । यो विधिबाट सिंघिया खोला पुग्न उनलाई करिब ४ घन्टा लाग्छ । उनलाई सहयोग गर्न भतिज प्रमिष पराजुली पनि सँगै गएका छन् ।

कांग्रेसका महामन्त्री डा. शशांक कोइराला बिरामी हुँदा पनि उनले कोइरालाको स्वास्थ्य लाभको कामना गर्दै व्रत बसेका थिए । पराजुलीले दण्ड प्रणाम गर्दै खोला पुगेको योसहित १५ औं पल्ट हो । अन्य दण्ड प्रणाम अनेक उद्देश्यले थियो भने आजको दण्ड प्रणाम विराटनगरको विकास र समृद्धिको लागी रहेको उनले बताएका छन् ।

प्रकाशित : 13 November, 2018

प्रतिक्रिया दिनुहोस्