केपी ओली प्रचण्ड माधव नेपाल एमाले


परराष्ट्रमन्त्री ज्ञवालीको जापान भ्रमण तय

सहयात्रा टिभी

काठमाण्डौं । कात्तिक–२९, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली जापान भ्रमणमा जाने भएका छन्।

परराष्ट्रमन्त्री ज्ञवाली समकक्षी तारो कोनोको मैत्रीपूर्ण निमन्त्रणामा पाँच दिने औपचारिक भ्रमणका लागि आगामी मंसिर १ गते शनिबार जापान जाने भएका हुन्।

बुधबार परराष्ट्र मन्त्रालयमा पत्रकार सम्मेलन गरी मन्त्री ज्ञवालीले आफूले जापानको औपचारिक भ्रमण गर्न लागेको जानकारी गराए।

परराष्ट्रमन्त्री ज्ञवालीले आफ्नो जापान भ्रमणबाट नेपालको पूर्वाधार विकास, जलविद्युत क्षेत्रको विकास र कृषिलाई आधुनिकीकरण गराउन थप लगानीको वातावरण बन्ने विश्वास व्यक्त गरे। जापानले नेपालको पूर्वाधार विकासमा सहयोग गर्दै आएको छ।

प्रकाशित : 15 November, 2018

प्रतिक्रिया दिनुहोस्