केपी ओली प्रचण्ड माधव नेपाल एमाले


स्वास्थ्य सहायक बेपत्ता, बिरामी मारमा

सहयात्रा टिभी

गौशाला । मंसिर–५, महोत्तरीको एकडारा गाउँपालिका–५ कोल्हुवा बगेया स्वास्थ्य चौकीका स्वास्थ्य सहायक चन्दनकुमार साह २० दिनदेखि बेपत्ता छन् । साह बेपत्ता भएपछि बिरामी मारका परेका छन् ।

साह कहाँ कुन अवस्थामा रहेको भन्ने बारेमा कुनै जानकारी नभएको एकडारा गाउँपालिका–५ का वडाध्यक्ष शेराजुद्दिन अन्सारीले बताए । उपचारका लागि आउने बिरामीलाई निकै सास्ती भएको त्यहाँ कार्यरत अनमी प्रतिमा चौधरी पौडेलले बताइन ।

स्वास्थ्य चौकीमा दैनिक ७० देखि ८० बिरामी उपचारका लागि आउने गरेका छन् । “उपचार सेवा प्रभावित भएको छ,” पौडेलले भनिन् ।

प्रकाशित : 21 November, 2018

प्रतिक्रिया दिनुहोस्