केपी ओली प्रचण्ड माधव नेपाल एमाले


छिटो सरकार फेरिने परम्परा अन्त्य : वन तथा वातावरणमन्त्री बस्नेत

सहयात्रा टिभी

भक्तपुर । मंसिर–२६, वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले देशमा एक वर्षभित्र सरकार परिवर्तन भइरहने परम्पराको अन्त्य भएको बताएका छन् ।

भक्तपुर र काठमाण्डौँको सिमानास्थल मनोहरा पुलबाट गत ६ गतेदेखि शुरु भएको अरनिको राजमार्ग खण्डको सरसफाइ अभियानको २१ औँ दिनको समापन कार्यक्रममा बोल्दै उनले सो धारणा व्यक्त गरेका हुन् ।
जनताले सोचेजस्तो छिटो काम गर्न सरकारले सकेन भन्ने गुनासो स्वभाविक भएको टिप्पणी गर्दै मन्त्री बस्नेतले भने, “देशमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत गर्दै प्रदेश, स्थानीय सरकार व्यवस्थापन गर्नमै सरकारको आठ नौ महीना बित्यो, अब सरकारले तीव्र गतिमा गुनासो नआउने गरी जनताले सोचेजस्तै गरी काम गर्नेछ ।”

मन्त्री बस्नेतले सरसरफाइ अभियानलाई मन्त्रालयको सधैँ साथ र सहयोग रहने बताउँदै भक्तपुरमा निर्माण हु्न लागेको प्राणी उद्यान निर्माणको काम यसै वर्षबाट शुरु हुने बताउनुभयो ए। मन्त्री बस्नेतले भने, “उद्यानको यस वर्ष विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) निर्माण सकिएलगत्तै उद्यान निर्माण शुरु हुन्छ, बजेट दिन अर्थमन्त्रालय सकारात्मक छ, तीन चरणमा निर्धारित समय मै सम्पन्न हुने प्राणी उद्यान निर्माण कार्यको पहिलो चरणको काम यहीवर्ष सम्पन्न हुन्छ ।”

सांसद महेश बस्नेतले भक्तपुरको सफाइ अभियान नेपालकै नमूना अभियान भएको बताउँदै तीन महीनाभित्र भक्तपुरमा धूलोसमेत नउड्ने गरी सफा हुने दाबी गरे । अरनिको राजमार्ग खण्डको सर्भिस ट्रयाकलाई तत्काल खाली गर्न, फुटपाथमा राखिएको पसल विकल्प दिएर हटाउन यहाँका वडाध्यक्षलई निर्देशन दिँदै उनले भक्तपुरलाई सूर्यविनायक नगरपालिका र मध्यपुर नगरपालिकाको सुरक्षित, उज्यालो र सफा बनाउन भोलिदेखि नै काम शुरु हुने बताए । उनले प्राणी उद्यानको काम तीव्र गतिमा सञ्चालन गर्न र पर्याप्त बजेट पठाउन अर्थमन्त्रालयसँग आग्रह गर्दै बस्नेतले प्राणी उद्यानलाई यस वर्ष रु ३३ करोड बजेट मात्रै आएकाले कम्तीमा दुई अर्ब बजेट पठाउन माग गरे ।

त्यस्तै मध्यपुरथिमि, चाँगुनारायण, सूर्यविनायक र बनेपा नगरपालिकालाई फोहर संकलन गर्ने डस्टबिन वितरण गरे। रासस

प्रकाशित : 12 December, 2018

प्रतिक्रिया दिनुहोस्