केपी ओली प्रचण्ड माधव नेपाल एमाले


इञ्जिनीयरिङ एशोसिएशन गण्डकीमा प्रगतिशील विजयी

सहयात्रा टिभी

पोखरा । पुष–१, इञ्जिनीयरिङ एशोसिएशन गण्डकीमा प्रोग्रेसिभ इञ्जिनीयर एशोसिएशन नेपाल (पिन)का उम्मेदवार विजयी भएको छन् । पोखरामा सम्पन्न अधिवेशनबाट नेकपा समर्पित इञ्जिनीयरिङहरुको एशोसिएशनको समूह निर्वाचित भएको हो ।

एशोसिएशनको अध्यक्षमा बाबुराम भण्डारी ५६४ मतसहित विजयी भए भने उनका प्रतिद्वन्द्वी लोकतान्त्रिक समूहका राजेश भट्टराईले ४१५ मत प्राप्त गरेका थिए ।

त्यसैगरी उपसभापतिमा ध्रुवराज भट्टराई, सचिवमा दीपक थापा, सहसचिवमा विष्णुप्रसाद खनाल विजयी भए । सदस्यहरुमा हरिकला थापा गुरुङ, डा केशव बस्नेत, कृष्णप्रसाद पौडेल, हरि केसी, रामकुमार श्रेष्ठ, विमल आचार्य, भगवान कुँवर, प्रदीप न्यौपाने, सर्मिला गौतम र अनिशकुमार ढकाल विजयी भएका छन् । रासस

प्रकाशित : 16 December, 2018

प्रतिक्रिया दिनुहोस्