शिक्षकको कुटाइबाट विद्यार्थीको मृत्यु, शिक्षक फरार

सहयात्रा टिभी

काठमाण्डौं । पुष–१२, शिक्षकको कुटपिट पछि एक छात्रको मृत्यु भएको छ । कलैया उपमहानगरपालिका–१ स्थित नमुना निमाविमा अध्ययनरत १३ वर्षीय अजय कुमारको शिक्षको कुटाइपछि मृत्यु भएको हो ।

प्राथमिक तहका शिक्षक सोनालाल यादवले अजयलाई विद्यालय प्रांगणमा हात र बाँसको लठ्ठीले पैतालादेखि घाँटीसम्म कुटेको प्रत्यक्षदर्शी अजयकी साथी रीमा मण्डलले बताइन् । घर पुगेको केही घण्टामै जिल्ला अस्पताल कलैया पुर्‍याइएका उनको उपचारक्रममा मृत्यु भएको मेडिकल सुपरिन्टेन्डेड त्रिभुवनचन्द्र झाले बताए । मृत्युपछि प्रहरीमा जाहेरी दिएको अजयका काका जितेन्द्रले बताए । शिक्षक यादव भने फरार छन् ।

शिक्षकविरुद्ध ज्यान कसुरमा पीडितबाट उजुरी लिएर विस्तृत अनुसन्धान थालिएको प्रहरी उपरीक्षक सानुराम भट्टराईले बताए ।

प्रकाशित : 27 December, 2018

प्रतिक्रिया दिनुहोस्