केपी ओली प्रचण्ड माधव नेपाल एमाले


जनसभालाई सम्बोधन गर्न प्रधानमन्त्री ओली चितवन जाँदै

सहयात्रा टिभी

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली जनसभालाई सम्बोधन गर्न आज चितवन जाँदै छन् ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ओली समूहले चितवनमा आयोजना गरेको जनसभालाई सम्बोधन गर्न अध्यक्ष ओलीसिहतका केही शीर्ष नेताहरू चितवन जान लागेका हुन् ।

चितवन जिल्ला कमिटीको आयोजनामा हुने सभालाई ओलीले सम्बोधन गर्ने कार्यक्रम छ।

दिउँसो साढे १२ बजे केन्द्रीय बस टर्मिनल भरतपुरमा आयोजना हुने सभालाई प्रधानमन्त्रीसहित उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापाले पनि सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

संसद विघटनपछि विभाजित भएको नेकपाका दुवै समूहले राजधानी काठमाडौंसहित देशभरका मुख्य सहरहरुमा एकअर्का विरुद्ध बृहत जनसभा र प्रदर्शन गर्दै आएका छन् ।

प्रचण्ड माधव समूहले शुक्रबार प्रदेश १ को विराटनगरमा बृहत जनसभा गर्दै प्रधानमन्त्री ओलीको कदमलाई असंवैधानिक भन्दै विरोध गरेको थियो ।

प्रकाशित : 30 January, 2021

प्रतिक्रिया दिनुहोस्