अनौठो चराको कथा: ‘आधा भाले, आधा पोथी’
![](https://sahayatratv.com/wp-content/uploads/2024/09/cropped-cropped-logo.png)
काठमाडौ । फाल्गुन १५, अमेरिकाको पेन्सिल्भेनियामा एक पक्षीविद्ले आधा पोथी र आधा भालेजस्तो देखिने एउटा चराको तस्बिर खिचेका छन्। द्विलिङ्गी वा उभयलिङ्गी चराहरू दुर्लभ हुन्छन्। भाले कार्डिनलहरू चम्किलो रातो रङ्गका हुन्छन् भने पोथीहरू फिक्का खैरो रङ्गका हुने गर्दछन् । आधा भाले र आधा पोथीको रूप भएका चराहरू भेटिनु निकै दुर्लभ घटना भएको वेस्ट्रर्न इलनोई विश्वविद्यालयका प्राध्यापक ब्रायन पीयर बताउँछन्। उनले अमेरिकाका नोर्दन कार्डिनल चराहरूमा ‘बाइल्याटरल गाइन्यानन्ड्रोमर्फिजम’ को सर्वेक्षण गरेका छन्। शुक्रकीटले डिम्बलाई निषेचन गरेपछि भ्रूण बन्न कोषहरू विभाजन हुने क्रममा त्रुटि हुँदा यस्तो अवस्था आउने उनी बताउँछन्। तर उक्त क्षेत्रमा सम्भावित यस्तो किसिमको चरा देखिएको पहिलो पटक होइन।
यी रङ्गको मिश्रणले चरा द्विलिङ्गी भएको सङ्केत गर्न सक्ने पक्षीविज्ञ बताउँछन् । बीबीसीसँग कुरा गदै अवकाशप्राप्त पक्षीविज्ञ जेमी हिलले भने, ‘यो जीवनकालमै एउटा र लाखौँ साक्षात्कारमध्येको एउटा थियो ।’ हिलका साथीले उनलाई उनले एउटा ‘अस्वाभाविक’ चरा देखेको बताएकी थिइन्। सुरुमा हिलले उक्त चरा ‘लूसिस्टिक’ होला भन्ठानेका थिए। चराले आफ्नो प्वाँखमा हुनुपर्ने रङ्ग अर्थात् पिग्मेन्टेशन गुमाएको अवस्थालाई ‘लूसिसिजम्’ अर्थात् ‘पाण्ड’ भनिन्छ।
बाइल्याटरल गाइन्यान्ड्रोमर्फिजम भएका चरामा काम गर्ने अवस्थाकै अण्डाशय र डिम्बाशय दुवै हुन्छन्। हिल उक्त कार्डिनल चरा देखिएको स्थानमा गए। एक घण्टाभित्र उनी उक्त अस्वाभाविक चराको तस्बिर लिन सफल भए। घर पुगेर आफुसँग केका तस्बिरहरू थिए भनेर नहेरुन्जेलसम्म फोटो खिचेको पाँच घण्टासम्म मुटु ढुकढुक गरिरहेको अनुभव उनले सुनाए । उनले करिब दुई दशकदेखि लोपोन्मुख हात्तीदन्ते काठफोरा ९एकखाले लाहाँचे चरा० खोजिरहेको थिएँ। तर उनले घरपछाडि पाइने एउटा सामान्य चराको दुर्लभ अवस्थाको तस्बिर लिइरहँदा उनी काठफोरा भेटे बराबर नै उत्साहित थिए ।