कति छ आजको सुनको मूल्य ?

सहयात्रा टिभी

काठमाडौं । चैत्र ११, नेपाली बजारमा आज पनि सुनको मूल्य स्थिर रहेको छ ।

आज ‍पनि छापावाला सुन मंगलबार नै कायम भएको मूल्य प्रतितोला ८६ हजार ७०० रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ ।

यस्तैगरी तेजाबी सुन पनि आज ८६ हजार २५० रूपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

चाँदीको मूल्य भने आज तोलामा १० रूपैयाँले घटेको छ । चाँदी आज प्रतितोला १२४० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित : 24 March, 2021

प्रतिक्रिया दिनुहोस्