साल्ट ट्रेडिङको शेयरमूल्य १० प्रतिशतले वृद्धि

सहयात्रा टिभी

काठमाडौं । चैत्र ११, साल्ट ट्रेडिङ कर्पोरेशनको शेयरमूल्य आज (बुधबार) सर्वाधिक बढेको छ । यो समाचार तयार पार्दासम्म यस कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ । यससंगै सो कम्पनीको शेयरमूल्य प्रतिकित्ता १ हजार १५५ रुपैयाँले बढेर १२ हजार ७०५ रुपैयाँ पुगेको पाईएको छ ।

उक्त अवधिसम्म कम्पनीको ५४६ कित्ता शेयर विक्री आदेश र १ हजार ६१६ कित्ता शेयर खरिद आदेश रहेको छ । खरिद चाप बढी भएकाले कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि भएको छ । त्यस्तैगरी, यस अवधिमा नेप्से ३८ अंकले बढेको छ भने करिब चार अर्ब ३० करोडको कारोबार भएको छ । कारोबार भएका एक समूह बाहेक अन्य सबै समूह बढेका छन् ।

प्रकाशित : 24 March, 2021

प्रतिक्रिया दिनुहोस्